आइतबार, आश्विन २३ गते ।

मकवानपुर । आगामी मंसिर ४ गते हुने निर्वाचनमा प्रतिनिधि सभा क्षेत्र नम्वर–२ बाट उम्मेदवारी दर्ता गराएका विरोध खतिवडाले यस पटक विगतमा भन्दा धेरै सजिलोसँग चुनाव जित्ने बताएका छन् ।

मनोनयन दर्ता गरेपश्चात पत्रकारहरुसँग कुराकानी गर्दै खतिवडाले २०७४ को निर्वाचनमा १२ हजार ५ सय बढी ल्याएर चुनाव जितेकोमा यस पटक भने भन्दा निकै बढी मतान्तरले आफु विजयी हुने दावी गरे ।

उनले भने, ‘विगतमा धेरै पटक एउटै दलको भरमा चुनाव लडेर जितेँ, अघिल्लो पटक माओवादीले पनि समर्थन गरेको थियो । अहिले हामी ठूला पार्टीहरु एक ठाउँमा छौँ । अहिलेलाई यति मात्रै भनौँ, अघिल्लो पटक भन्दा धेरै बढी भोटले चुनाव जित्छु । उनले भने ।
खतिवडाले सो क्षेत्रबाट लगातार चुनाव जित्दै आएका छन् ।