सोमबार, असोज २४ गते ।

मकवानपुर । मनहरी गाउँपालिका ७ रमौली क्षेत्रीय रंगशालाको खेल मैदानमा भोलिदेखी हुने भनिएको खुल्ला नकआउट फुटबल प्रतियोगिता स्थगित भएको छ । मनहरीमा रहेको मनहरी क्लब (FC) मनहरीको आयोजनामा भोलिदेखी संचालन हुने भनिएको फुटबल प्रतियोगिता बेमौसमी बर्षा र डेंगुका कारण स्थगित भएको एक सूचनामार्फत जानकारी गराएको छ ।

प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएर भोलि उद्धघाटन गर्ने कार्यक्रम रहेकोमा बेमौसमी मौसम परिवर्तन र देश व्यापी डेंगु फैलिरहेको कारण खेल नै स्थगित गर्नु परेको क्लबका अध्यक्ष सुशील कुमार ब्लोनले जानकारी दिए । उनले अब अर्को मिति नतोक्दा सम्मका लागि प्रतियोगिता स्थगित गरिएको बताए । बेमौसमी बर्षा र डेंगुका कारणले प्रतियोगिताका पूर्व निर्धारित सबै कार्यक्रमहरु स्थगित भएको र अब अर्को मिति तोक्ने बारे छलफल भैरहेको उनले बताए ।

त्यस्तै प्रतियोगिताको विजेताले उपाधी सहित रु, १००,१००/- नगद पुरस्कार र सिल मेडल प्रमाणपत्र पाउने छ भने उपविजेताले रु, ५०,०५०/- नगद पुरस्कार र सिल मेडल प्रमाणपत्र पाउने छन् । त्यस्तै उत्कृष्ट खेलाडी, टप स्कोरर, बेस्ट गोल किप्परलाई आकर्षक उपहारसहित मेडल प्रमाणपत्र प्रदान गरिने उपाध्यक्ष पुस्कल मुक्तानले बताए ।

कुल ८ देखि ९ लाख रुपैया खर्च हुने अनुमान गरिएको उक्त प्रतियोगिताका खेलहरु मनहरी गाउँपालिका ७ रमौली क्षेत्रीय रंगशालाको खेल मैदानमा हुने क्लबका अध्यक्ष ब्लोनले बताए । यस प्रतियोगितामा ८ वटा टिम सहभागिता रहने आयोजकले जनाएको छ । साथै खेल अबधिभर ३ देखी ५ हजार दर्शकहरुले खेलको अबलोकन गर्ने अनुमान गरिएको क्लबका अध्यक्ष ब्लोनले बताएको छ ।

यस्तो छ क्लबले जारी गरेको सूचना सन्देश :