कांग्रेसमा संस्थापन पक्ष र इतरपक्षबिच के कति भागमा सिट परे विवरण हेरौं ।

सोमबार, असोज २४ गते ।
मकवानपुर । पाँच दलीय सत्ता गठबन्धनमा प्राप्त भएको ९१ सिटमध्ये नेपाली कांग्रेसको संस्थापन पक्षले ५६ प्रतिशत ‘होल्ड’ गरेको छ । शेखर कोइराला नेतृत्वको पार्टीभित्रको विपक्षी खेमाले २४ प्रतिशत भाग पाउँदा रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह र शशांक कोइरालाको भागमा बाँकी २० प्रतिशत परेको छ ।
संस्थापनका ५१, शेखरका २२, सिटौलाका ६ र सिंह पक्षका ५ जना उम्मेदवार बनेका छन् । यस्तै पौडेल पक्षका ४ र शशांक निकट ३ जना उम्मेदवार बनेका छन् । कांग्रेसभित्रको विपक्षी समूहका मुख्य नेता शेखरको गृह प्रदेशमा १९ मध्ये संस्थापन पक्षले १० उम्मेदवार होल्ड गर्न सफल भएको छ । प्रदेश १ मा शेखर समूह ४, कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंह २–२ तथा शशांक कोइराला पक्षका १ जना उम्मेदवार बनेका छन् ।
मधेस प्रदेशमा संस्थापनका ९, शेखर समूहका ५ र सिटौला पक्षका १ जनाले टिकट पाएको अवस्था छ । पार्टीका पूर्व उपसभापति विमलेन्द्र निधि निकट एक जनाले पनि मधेस प्रदेशमा टिकट पाएको देखिँदैन ।
यस्तै महामन्त्री गगन थापाको गृह प्रदेश बागमतीमा कांग्रेसले पाएको १८ सिटमा पनि संस्थापन पक्षका ८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । शेखर समूहबाट ४, सिंह र सिटौला समूहबाट ३–३ जना उम्मेदवार बनेका छन् ।
वरिष्ठ नेता रामचन्द्र पौडेलको गृह प्रदेश गण्डकीमा कांग्रेसले १२ सिटमा उम्मेदवार दिएको छ । जसमा संस्थापन पक्षले ६ र शेखर समूहले ३ जना उम्मेदवार पाउँदा पौडेलले आफूनिकट एक जनालाई टिकट दिलाए भने पूर्व महामन्त्री शशांक कोइराला आफू मात्र उम्मेदवार बनेका छन् ।
गृहमन्त्री बालकृष्ण खाँणको गृह प्रदेश लुम्बिनीमा कांग्रेसले पाएको १४ सिटमा पनि संस्थापन पक्ष नै हाबी देखिन्छ । उक्त प्रदेशमा संस्थापन निकट ९, शेखर निकट ३ तथा पौडेल र शशांक निकट एक–एक जनाले टिकट पाएका छन् ।
कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको गृह प्रदेशमा कांग्रेसको भागमा ४ सिट पर्दा संस्थान र इतर पक्षको समान उम्मेदवारी परेको छ । गठबन्धनभित्र पाएको ४ सिट मध्ये संस्थापन २, शेखर र पौडेल पक्षका १–१ जनाले टिकट पाएका छन् ।
प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको गृह प्रदेश सुदूरपश्चिममा कांग्रेसले ९ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको छ । जसमा संस्थापन पक्षले ७ र शेखर समूहले २ ठाउँमा टिकट पाएको छ । यद्यपि पौडेल, सिटौला, सिंह र शशांक अहिलेसम्म देउवासँगको सहकार्यमा रहेको देखिन्छ । १४ औं महाधिवेशनमा देउवालाई सभापतिमा दोहोर्याउन उनीहरुले पक्ष र परोक्ष ढंगले देउवालाई समर्थन गरेका थिए ।
यस्तो छ कांग्रेसको गुटगत टिकटको सूची
प्रदेश १
१ तेह्रथुम – सीता गुरुङ (संस्थापन)
२ पाँचथर – भीष्मराज आङदेम्बे (संस्थापन)
३ धनकुटा – सुनिल थापा (संस्थापन)
४ संखुवासभा – दीपक खड्का (शशांक कोइराला)
५ ओखलढुंगा – रामहरि खतिवडा (संस्थापन)
६ सोलुखुम्बु – बलबहादुर केसी (शेखर कोइराला)
७ इलाम २ – डम्बर खड्का (संस्थापन)
८ झापा १ – विश्वप्रकाश शर्मा (प्रकाशमान सिंह)
९ झापा ३ – कृष्णप्रसाद सिटौला (कृष्णप्रसाद सिटौला)
१० झापा ४ – देउकुमार थेबे (कृष्णप्रसाद सिटौला)
११ झापा ५ – खगेन्द्र पाण्डव अधिकारी (संस्थापन)
१२ मोरङ १ – डिगबहादुर लिम्बु (शेखर कोइराला)
१३ मोरङ २ – सुजाता कोइराला (प्रकाशमान सिंह)
१४ मोरङ ३ – सुनिल शर्मा (शेखर कोइराला)
१५ मोरङ ६ – शेखर कोइराला (शेखर कोइराला)
१६ सुनसरी २ – सिताराम मेहता (संस्थापन)
१७ सुनसरी ३ – विजयकुमार गच्छदार (संस्थापन)
१८ सुनसरी ४ – ज्ञानेन्द्रबहादुर कार्की (संस्थापन)
१९ उदयपुर–१ नारायण खड्का (संस्थापन)
मधेस प्रदेश
१ सप्तरी १ – रामदेव साह (शेखर कोइराला)
२ सप्तरी ३ – दिनेशकुमार यादव (संस्थापन)
३ सप्तरी ४ – तेजुलाल चौधरी (शेखर कोइराला)
४ सिरहा १ – पद्मनाराण चौधरी (संस्थापन)
५ सिरहा २ – चित्रलेखा यादव (संस्थापन)
६ धनुषामा २ – रामकृष्ण यादव (शेखर कोइराला)
७ धनुषा ४ – महेन्द्र यादव (संस्थापन)
८ महोत्तरी ४ – महेन्द्रकुमार राय यादव (संस्थापन)
९ सर्लाही – ४ नागेन्द्र कुमार राय (संस्थापन)
१० रौतहट २ – फिर्दोष आलम (शेखर कोइराला)
११ रौतहट ४ – देवप्रसाद तिमिलसिना (शेखर कोइराला)
१२ बारा १ – उमाकान्त चौधरी (कृष्णप्रसाद सिटौला)
१३ पर्सा – २ अजयकुमार चौरासिया (संस्थापन)
१४ पर्सा ३ – सुरेन्द्रप्रसाद चौधरी (संस्थापन)
१५ पर्सा ४ – रमेश रिजाल (संस्थापन)
बागमती प्रदेश
१ काभ्रे २ – शीवप्रसाद हुमागाइँ (कृष्णप्रसाद सिटौला)
२ ललितपुर १ – उदयशमशेर राणा (संस्थापन)
३ भक्तपुर २ – दुर्लभ थापा (संस्थापन)
४ काठमाडौं १ – प्रकाशमान सिंह (प्रकाशमान सिंह)
५ काठमाडौं ३ – सन्तोष चालिसे (प्रकाशमान सिंह)
६ काठमाडौं ४ – गगन थापा (शेखर कोइराला)
७ काठमाडौं ५ – प्रदीप पौडेल (कृष्णप्रसाद सिटौला)
८ काठमाडौं ६ – भीमसेनदास प्रधान (कृष्णप्रसाद सिटौला)
९ काठमाडौं १० – राजेन्द्र कुमार केसी (प्रकाशमान सिंह)
१० रसुवा – मोहन आचार्य (संस्थापन)
११ नुवाकोट २ – अर्जुननरसिंह केसी (शेखर कोइराला)
१२ सिन्धुली १ – श्यामकुमार घिमिरे (संस्थापन)
१३ सिन्धुपाल्चोक २ – मोहनबहादुर बस्नेत (संस्थापन)
१४ धादिङ २ – रामनाथ अधिकारी (शेखर कोइराला)
१३ मकवानपुर १ – महालक्ष्मी उपाध्याय ‘डिना’ (संस्थापन)
१६ चितवन १ – विश्वनाथ पौडेल (संस्थापन)
१७ चितवन २ – उमेश श्रेष्ठ (संस्थापन)
१८ रामेछाप – कान्छाराम तामाङ (शेखर कोइराला)
गण्डकी प्रदेश
१ तनहुँ १ – रामचन्द्र पौडेल (रामचन्द्र पौडेल)
२ तनहुँ २ – शंकर भण्डारी (संस्थापन)
३ स्याङ्जा–१ राजु थापा (शेखर कोइराला)
४ स्याङजा २ – धनराज गुरुङ (शेखर कोइराला)
५ नवलपुर १ – शशांक कोइराला (शशांक कोइराला)
६ पर्वत – अर्जुन जोशी (संस्थापन)
७ मनाङ – टेकप्रसाद गुरुङ (संस्थापन)
८ कास्की १ – किशोरदत्त बराल (संस्थापन)
९ गोरखा १ – राजेन्द्र बजगाईँ (शेखर कोइराला)
१० म्याग्दी – खमबहादुर गर्जुवा (संस्थापन)
११ मुस्ताङ – योगेश गौचन थकाली (रामचन्द्र पौडल)
१२ नवलपुर – विष्णु कुमार कार्की (संस्थापन)
लुम्बिनी प्रदेश
१ गुल्मी १ – चन्द्र भण्डारी (शेखर कोइराला)
२ नवलपरासी २ – देवेन्द्र कँडेल (संस्थापन)
३ नवलपरासी – १ विनोद चौधरी (संस्थापन)
४ रुपन्देही ३ – बालकृष्ण खाण (संस्थापन)
५ रुपन्देही ४ – प्रमोद यादव (शेखर कोइराला)
६ रुपन्देही ५ – भरतकुमार शाह (संस्थापन)
७ कपिलवस्तु–२ सुरेन्द्र आचार्य (रामचन्द्र पौडेल)
८ कपिलवस्तु ३ – अभिषेकप्रताप साह (संस्थापन)
९ अर्घाखाँची – पुष्पा भुसाल (संस्थापन)
१० दाङ ३ – दिपक गिरि (शशांक कोइराला)
११ बाँके ३ – किशोरसिंह राठौर (संस्थापन)
१२ बर्दिया १ – अरुण प्रकाशसिंह राठौर (संस्थापन)
१३ पाल्पा १ – ज्ञानबहादुर गाहा (शेखर कोइराला)
१४ बाँके २ – सुदिपनरसिंह राणा (संस्थापन)
कर्णाली प्रदेश
१ मुगु – ऐन बहादुर शाही (संस्थापन)
२ सुर्खेत १ – पूर्णबहादुर खड्का (संस्थापन)
३ सुर्खेत २ – हृदयराम थानी (शेखर कोइराला)
४ दैलेख २ – दिक्पाल शाही (रामचन्द्र पौडेल)
सुदूरपश्चिम प्रदेश
१ डडेल्धुरा – शेरबहादुर देउवा (संस्थापन)
२ बाजुरा – बद्री पाण्डे (शेखर कोइराला)
३ दार्चुला – दिलेन्द्र बडू (शेखर कोइराला)
४ अछाम २ – पुष्प शाह (संस्थापन)
५ कञ्चनपुर २– एनपी साउद (संस्थापन)
६ कञ्चनपुर ३ – रमेश लेखक (संस्थापन)
७ कैलाली १ – रामजनम चौधरी (संस्थापन)
८ कैलाली ४ – वीरबहादुर बलायर (संस्थापन)
९ कैलाली ५ – डिल्लीराज पन्त (संस्थापन)