निशानामा काँग्रेस प्रदेश सभापति बानियाँ ।

मंगलबार, असोज २५ गते ।
– रमेश बन्जारा
मकवानपुर । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको लागि विभिन्न दलका नेता र स्वतन्त्रहरुले मङ्सिर २३ मा सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा पुगी आफ्नो उमेद्वारी दर्ता गराई सकेका छन् । बागमती प्रदेशको राजधानी समेत रहेको मकवानपुर जिल्लाको निर्वाचनलाई यति बेला केन्द्रिय राजनीतिमा समेत निक्कै चासोको रुपमा हेरिएको छ ।
मकवानपुरमा २ प्रतिनिधिसभा र ४ प्रदेशसभा निर्वाचन क्षेत्र रहेको छ भने सत्ता गठबन्धनको तर्फबाट मकवानपुरमा नेपाली कांग्रेसले प्रतिनिधिसभाको १ क्षेत्र र प्रदेशमा २ क्षेत्र पाएको छ । मकवानपुरको प्रतिनिधिसभा २ को “ख” मा नेपाली कांग्रेसकोतर्फबाट नेपाली काँग्रेसका बागमती प्रदेश सभापति इन्द्र बहादुर बानियाँले टिकट पाएका छन् ।
उनले टिकट पाएपछि मकवानपुर कांग्रेस बानियाँलाई निशानामा पार्न नेपाली काँग्रेसका जिल्ला तहका नेता सक्रिय रुपमा लागि परेका छन् । साथै गठबन्धन दल घटक नेकपा माओबादि केन्द्रका जिल्लाका प्रभावसाली युवा नेताले समेत बानियाँको बिरुद्दमा उक्त क्षेत्रबाट उमेद्वारी हालेपछि गठबन्धन दल भित्र नै बानियाँलाई निशानामा पार्न खोजिएको भान हुन्छ । मकवानपुर कांग्रेसमा एकछत्र राज गर्दै आइरहेका बानियाँलाई यो पटकको ससदीय यात्रा रोक्न उक्त क्षेत्रका कार्यकर्ता मतदाता समेत लागि परेका छन् ।
राजनीतिमा धनबाद डनबाद हावी गरेको भन्दै बानियाँ चुनाब उठेका क्षेत्रका नेपाली काँग्रेसका जिल्ला तहका नेताहरुले कांग्रेस परित्याग गर्ने लर्को लागे पछि बानियाँ चौतर्फी निशानामा परेका हुन् । चुनाबको मुखमा गाउँमा चामल र मस्यौरा बितरण गरि गरिबमाथि राजनीति गर्न खोजेको भन्दै बानियाँको चौतर्फी बिरोध भएपछि यो बिषयले पनि बानियाँको राजनीतिमा धक्का लागेको थियो । नेपाली कांग्रेस बलियो मानिएको मनहरी गाउँपालिकामा नेपाली कांग्रेसले आयोजना गरेको शुभकामना आदन प्रदान कार्यक्रममा बानियाँले मंचमै नेपाली कांग्रेस मकवानपुरका निर्वाचित जिल्ला सदस्य जेष्ठ नागरिक चन्द्रबहादुर न्यौपानेलाई गालि गरे अपमान गरेपछि काँग्रेस मनहरी कार्यकर्ता बानियाँप्रति रुष्ट बनेका हुन् ।
बानियाँको दम्भको कारण यति बेला कांग्रेस छोड्नेहरुको मकवानपुरमा लाबा लस्कर नै छ । बानियाँले कांग्रेस जत्रो बाट सुरु गरेका थिए त्यत्रो नै बनाएर छोड्ने भए भन्दै बानियाँप्रति कार्यकर्ताले आक्रोस पोख्न थालेका छन् । बानियाँ उठेको क्षेत्रमा बानियाँलाई २०७४ को ससदीय यात्रामा प्रवेश गराउन कमान्डरको भूमिका खेलेका मनहरीका चर्चित युवा नेता पदम तितुङ्गले समेत बानियाँकै कारण पार्टी परित्याग गरि बानियाँशीत नै बिपि कांग्रेसबाट उमेद्वारी दिए पछि बानियाँ झन निशानामा परेका हुन् । पदम तितुङ्ग उक्त क्षेत्रमा सामाजिक काममा सक्रिय युवाको रुपमा चिनिन्छ । पदमको उमेद्वारीले पनि बानियाँको ससदीय यात्रामा ब्रेक लगाउन सक्ने मतदाता बताउ छन् ।
आफुलाई राजनीतिमा चतुर खेलाडि सम्झने बानियाँले आफ्नै गतिबिधिका कारण पनि समस्यामा परेका हुन् । मकवानपुरको टिकट बितरणमा पार्टी भन्दा पनि व्यक्ति केन्द्रित राजनीतिमा होमिएका बानियाँले स्थानिय तह निर्वाचनमा पनि टिकट बितरणमा हेराफेरी गरेको व्यक्ति बिशेष राजनीति गरेको आरोप कार्यकर्ताले बानियाँलाई लगाउदै आएका छन् । मकवानपुरको प्रतिनिधि सभा २ को “ख” मा नेकपा माओबादि बलियो शक्तिको रुपमा रहेको र माओबादिका जिल्ला सदस्य खुशीलाल चेपाङ र बिपी कांग्रेसबाट युवा नेता पदमा तितुङ्गले उक्त क्षेत्रबाट नै उमेद्वारी हालेपछि बानियाँको ससदीय यात्राको तगारो नै बनेको छ । एकातिर कांग्रेस छोड्नेको लर्को छ अर्कोतिर काँग्रेसका प्रभाबसाली युवा नेता र माओबादि केन्द्रका जिल्ला सदस्यले समेत बानियाँ बिरुद उमेद्वारी दिएका छन् । यसो गर्दा बानियाँलाई निशानामा परि ससदीय यात्रा ब्रेक लगाउन सक्ने कार्यकर्ताको बुझाइ रहेको छ ।
स्थानिय तहको निर्वाचनमा हेटौडा उपमहानगरपालिकामा नेकपा एमालेका उमेद्वार अनन्त प्रसाद पौडेललाई जिताउन लागि परेको आरोप पनि बानियाँलाई लागेका थिए । नेपाली कांग्रेसका प्रभावसाली नेता कार्यकर्ताले समेत सामाजिक संजालमा बानियाँ बिरुद्द खुलेरै लागेका कारण नेपाली कांग्रेस बागमती प्रदेश सभापति बानियाँको ससदीय यात्रा ब्रेक लाग्ने त होइन भन्ने प्रश्न खडा भएको हो ।
२०७४ मा प्रदेशसभा सदस्य बनेका बानियाँले प्रदेससभा सदस्य हुदा आफ्नो निजि जग्गा र निजि कम्पनि घेराबार गर्न प्रदेश सरकारबाट बजेट लागि हेटौडा १९ तिन ताप्केमा रहेको उनको निजि निवास र रेडिमिक्स कम्पनि जोगाउन प्रदेश सरकारबाट बजेट हाली काम गरेको भन्दै कार्यकर्ताले हिसाब खोजि रहेका करण पनि बानियाँ कार्यकर्ताको निशानामा परेका हुन् । जनता भोक भोकै छन् बाटो नभएर गाउँमा फालेका तरकारी बालि गाउँमै नस्ट गर्नु पर्ने अबस्था रहेको छ यता हाम्रो नेता भनिएका बानियाँ प्रदेश सरकारबाट बजेट ल्याई आफ्नै घर सम्पति सुरक्षा गर्न लागेका छन् । अब यिनै नेतालाई मत हाली कसरी नेता मान्न सकिन्छ । पद र शक्तिको दुरुपयोग गर्ने लाई यो पटक जनताले सबक सिकाउने छन् नेपाली कांग्रेस जिल्ला सदस्यले आक्रोस पोखे । मकवानपुर कांग्रेसभित्रको चरम असन्तुष्टिका करण यो पटक बानियाँलाई निशानामा पार्ने प्रष्ट देखिन्छ ।