मंगलबार, असोज २५ गते ।

मकवानपुर । नेपाली काँग्रेस पर्वतको संघीय संसद प्रतिनिधिसभाको उम्मेद्वार अर्जुन जोशीले मनोनयनको क्रममा बोल्दै निरङ्कुसको अन्त्य र स्वतन्त्रता कायम गर्न लोकतान्त्रिक गठवन्धन आजको आवस्यकता रहेको बताउनुभयो ।

नेता जोशीले मनोनयनपछि कोण सभामा बोल्दै  गठवन्धनले जिते मात्र स्वतन्त्रता, बिकाश र राज्यमा सुशासन कायम हुने कुरा बताउनुभयो । उहाँले हिजो ५ बर्ष जनताले कसरी बिताए भन्ने कुरा नभुलेको भन्दै ३ करोड नेपालीको रगत पसिनाले सिर्जित संविधानलाई धुजा धुजा पारेर देशलाई अनणिर्यको बन्दी बनाएको उल्लेख गर्दै जनताले ५ बर्ष बिकास गर भनेर दिएको म्यान्डेटलाई त्यति खेरको केपि ओलि सरकारले खिल्लीमा उडाएको बताउनुभयो ।

पर्वतमा अब बिकासको मुल फुट्ने र यहाँको जनता त्यस कुराको आभास अब काँग्रेस सहितको गठवन्धनको उम्मेद्वारले दिलाउने भन्नुभयो । साथै उहाँले फरक प्रसङ्गमा आफ्नै पार्टीभित्र फरक मत राख्दा भिम रावल र घनश्याम भुसाल जस्तो नेताले आज बहिस्कार भोग्नु परेको बताउदै त्यस्तो पार्टिको नेतृत्वले देशलाई निकाश दिन सक्दैन र आउने चुनावमा काँग्रेस सहितको गठवन्धनको उम्मेद्वारलाई पर्वत लगायत देशैभरि भारी मतको साथ जिताउन आग्रह गर्नुभयो ।

उक्त कार्यक्रममा पर्वत प्रदेश सभा “क” का उम्मेद्वार सुदिप कुवर, प्रदेश सभा “ख”का उम्मेदवार ऋषिकेश तिवारी, नेपाल तरुण दल केन्द्रिय अध्यक्ष विद्वान गुरुङ, स्थानिय नेताहरु लगायत हजारौ तरुण कार्यकर्ताको उपस्थिती थियो ।

तस्वीर झलक :