बुधबार, आश्विन २६ गते ।

मकवानपुर । नेकपा माओवादी केन्द्र मकवानपुरका जिल्ला सदस्य युवा नेता तथा नेपाल चेपाङ राष्ट्रिय मुक्ति मोर्चा बागमती प्रदेशका अध्यक्ष खुसीलाल चेपाङले चुनाव चिन्ह बलिरहेको विजुलीको चिम पाएका छन् । उनलाई निर्वाचन आयोगले विजुलीको चिम चिन्ह प्रदान गरेको हो ।

पश्चिम मकवानपुरमा माओवादीको संगठन बलियो हुँदाहुँदै पनि स्थानीय र पार्टीका उम्मेदवार नभएर अरु पार्टीका नेताहरु बोक्नु पर्ने बाध्यताको अन्त्यको लागि आफ्नो उम्मेद्वारी रहेको बताए । साथै उत्पीडित वर्गउत्थानको लागि आफ्नो उम्मेद्वारी रहेको बताउदै यहाँको स्थानीयले निर्धक्कसग मत प्रदान गर्ने विश्वास समेत ब्यक्त गरे ।