तस्वीर : दिपेन्द्र पोखरेल ।

आइतबार, असोज ३० गते ।

मकवानपुर । नेपाली कांग्रेसका पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावी तयारीका लागि परिचालन हुन भ्रातृ संस्था नेपाल तरूण दललाई निर्देशन दिएका छन् ।
तरूण दलका केन्द्रिय अध्यक्ष विद्वान गुरूङसँग आज बिहान बालुवाटारमा भएको भेटघाटमा सभापति देउवाले उम्मेदवारलाई जिताउन लाग्नु पर्ने बताएका हुन् ।

उक्त भेटघाटमा अध्यक्ष गुरूङले मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सम्पूर्ण तरूण शक्ति परिचालन गरिने समेत बताएका थिए । साथै अध्यक्ष गुरुङले तरूण दलले जिल्लास्थित कार्यसमितिहरूसँग समन्वय गरी निर्वाचन केन्द्रित कार्यक्रममा होमिने बताएका थिए ।