सोमबार, असाेज ३१ गते ।

मकवानपुर । आर्टमाण्डुको नयाँ म्युजिकल फिल्म सार्वजनिक भएको छ । आइतबार ‘धागो-सम्बन्धको’ बोलको गीत सार्वजनिक गरेको हो । एसडी योगी र सुवानी मोक्तानको स्वर रहेको गीतमा हर्क साउदको शब्द र सुशान्त गाैतमको संगीत रहेको छ ।

दसैँ र तिहारको परिवेशमा खिचिएको गीत सत्य घटनामा आधारित छ । दसैँ र तिहारकै परिवेशमा एक परिवारले फरक समयमा दुई सदस्यलाई गुमाएको कथा गीतमा देखाइएको छ ।

गीतको भिडियोमा सिर्जना अधिकारी, हर्क साउद, सुक्रिया खत्री, निराजन कार्की, लिजा कार्की, कस्मित बराइली अभिनय छ । नविन चौहानको निर्देशन तथा कन्सेप्टमा तयार भएको गीतलाई संगीता कार्कीले निर्माण गरेकी हुन् । सौरभ लामाले छायांकन गरेको गीतलाई कृष्ण भण्डारीले सम्पादन गरेका छन् ।