बिहीबार, कात्तिक ०३ गते ।

मकवानपुर । नेपाल तरुण दलका केन्द्रिय अध्यक्ष विद्वान गुरुङलाई भैरहवाको विमान स्थलमा भव्य स्वागत गरेका छन् । तरुण दलले निर्वाचन लक्षित कार्यक्रमलाई तीव्रतापछि गुरुङ भैरहवा पुग्नु भएको हो ।

प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका पार्टी सभापति देउवाले आफ्नो पार्टीको उम्मेदवार जिताउन लाग्नु भन्ने निर्देशन आएसगै अध्यक्ष गुरुङ देश दौडाहमा निस्किएको हो । साथै अध्यक्ष गुरुङ भैरहवा हुँदै नवलपरासी पनि जाने कार्यक्रम रहेको छ । उनले नवलपरासीमा सम्पूर्ण तरुणहरूसँग भेटघाट गर्ने र नजिकिँदै गएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७९ मा गठवन्धनका उम्मेदवारहरूलाई जिताउन अन्तरक्रिया कार्यक्रम गर्ने छन् ।