नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङ चढेको गाडी दुर्घटना ।

शुक्रबार, कार्तिक ०४ गते ।
मकवानपुर । नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङ सवार गाडी दुर्घटनामा परेको छ । स्याङ्जाको कालीगण्डकी गाउँपालिका ६ इम्सिलको कार्यक्रममा सहभागी भई फर्कने क्रममा आफूहरू चढेको गाडी दुर्घटनामा परेको गुरूङले बताए ।
गल्याङ बटुवा भन्ने ठाउँमा गाडी सडकबाट नालीमा पुगेको हो । गुरूङका अनुसार गाडीमा सवार सबै सुरक्षित छन् । मंसिर ४ मा हुने चुनावका लागि धनराज स्याङ्जा क्षेत्र नम्बर २ मा उम्मेदवार छन् ।