शनिबार, कार्तिक ०५ गते ।

मकवानपुर । राक्सिराङ्ग गाँउपालिकामा रहेको एक घरमा आगलागी भएको छ । शनिबार साझा खाना बनाउने बेला एक्कासि आगो सल्केर आगलागि हुदाँ राक्सिराङ्ग गाउँपालिका वडा ४ गिङ्गु निवासी कृष्णराम प्रजा चेपाङको घर जलेर नष्ट भएको हो । साथै चेपाङका १२ बर्षिय छोरा उक्त आगलागीमा परि सामान्य घाइते भएका छन् ।

आगलागीमा परी मकै, कोदो, लत्ताकपडा र रु १५०००० रुपियाँ नगद गरि करिबकरिब तीन लाख बराबरको क्षति भएको राक्सिराङ्गका स्थानीय युवा प्रकाश थिङले बताए । हाल चेपाङको परिवार स्थानियको घरमा आश्रय लिएर बसिरहेका छन ।