एमालेले जिते संविधान, गणतन्त्र र प्राप्त उपलब्धि ध्वस्त : तरुण दल अध्यक्ष गुरुङ ।

शनिबार, कार्तिक ०५ गते ।
मकवानपुर । नेपाल तरुण दलका केन्द्रिय अध्यक्ष विद्वान गुरुङ्ले आज कपिलबस्तुमा नेपाल तरुण दल कपिलबस्तु जिल्ला कार्यसमितिद्वारा आयोजित चुनावी तरुण कार्यकर्ता भेलामा आउने मङ्सिर ४ को प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव कसैलाई माननीय बनाउन मात्र होइन लोकतन्त्र र निरंकुश तन्त्रको आन्दोलन हो भनी बताएका छन् ।
एमाले अध्यक्ष केपि ओलिले यो देशलाई अनिर्णयको बन्दी बनाउदै देशलाई अन्धकारमा धकेलेको र एक दलिय शासन ल्याउन खोजेको आरोप लगाउदै संसद बिघटन जस्तो जघन्य अपराधको बिरुद्धमा लोकतान्त्रिक बाम गठवन्धनको निर्माण भएको हो । अध्यक्ष गुरुङले बाम लोकतान्त्रिक गठवन्धनको उम्मेद्वारलाई कपिलवस्तुको तिन वटै क्षेत्रमा बिजयी गराउन तरुण दल वडा तह देखि नै परिचालित हुन निर्देशन दिएका छन् । देसैभरिको लोकतान्त्रिक बाम गठवन्धनको उम्मेदवारलाई जिताउन जिल्ला जिल्लामा तरुण अध्यक्ष गुरुङ हिडेकोमा नवलपरासी, रुपन्देही हुँदै आज कपिलबस्तुमा तरुणहरुलाई चुनावी अभियानमा पुर्ण रुपले सक्रिय हुन निर्देशन दिएका छन् ।
उक्त कार्यक्रम नेपाल तरुण दल कपिलवस्तु जिल्ला अध्यक्ष शक्ति सिंह ठकुरिको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।