शनिबार, कार्तिक ०५ गते ।

मकवानपुर । राष्ट्र, राष्ट्रियता र संविधानमाथि पटक-पटक हमला गर्ने एमालेका नाइके केपी शर्मा ओलीको हातमा पुनः सत्ता पुगे देश नै ध्वस्त हुने खतरा बढेको प्रतिनिधिसभा २ ख का उम्मेदवार नेपाली काग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले बताएका छन् । आगामी मसिंर ४ गते हुने निर्वाचनको सन्दर्भमा शनिबार मकवानपुरको मनहरी ९ रजैयास्थित खेल मैदानमा आयोजित मनहरीको लोकतान्त्रिक बाम गठबन्धनको संयुक्त चियापान तथा अगुवा कार्यकर्ता भेला कार्यक्रममा बोल्दै बानियाँले सोे कुरा बताएका हुन् ।

सरकारमा रहदा ओलिले आफु अनुकुल कुनै पनि काम गर्न नसकेपछि उनको व्यक्तीगत स्वार्थ तथा केही आसे-पासेको भरण पोषणका लागि दुई-दुई पटक संसद विगठन गरेर आफ्नो असली रुप देखाएको बानियाँले बताए । आफ्नो योजना विफल भएपछि चुनावी तालमेलको नाममा जनआन्दोलनमा जनताको छातीमा गोलि चलाउने कमल थापा राजा र हिन्दु राष्ट्रको पक्षमा वकालत गर्ने राजेन्द्र लिंदेन र देशलाई टुक्र्याउन खोज्ने सिके राउत जस्ता ब्यक्तीहरुको साहारा लिई देशलाई भड्कालोमा हाल्ने प्रयास गरिरहेको बताए ।

साथै ओलि र उनको टीमको यो योजना विफल पार्नका लागि आउदो मसिंर ४ को चुनावमा बाम लोकतान्त्रिक गठबन्धनको उम्मेदवारहरुलाई जिताउनको विकल्प नरहेको बताए । यसो गरे मात्र देश समृद्धी तिर जाने र जनताको विकास हुने बताए । ओलिले आफु सधैं टाउको रहनका लागि मात्र भए पनि प्रतिगामिहरुलाई साथमा लिई बिभिन्न भ्रामक गतिविधिहरु गरिरहेकोले सचेत रहन समेत सम्पुर्ण नागरिकलाई आग्रह गरे ।