मंगलबार, कार्तिक ०८ गते ।

मकवानपुर । हिन्दु नेपालीहरुको दोस्रो ठुलो पर्व शुभदिपावलीको पावन अवसरमा मंगलबार मनहरी गाउँपालिका ५ मा स्लो बाइक रेस प्रतियोगिता सम्पन्न भएको छ । उक्त प्रतियोगितामा सुमन थिङ प्रथम भएको छ । सुर्य किरण युवा क्लवको आयोजनामा बसन्तपुरको भोजशिद्ध माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित प्रतियोगितामा थिङ प्रथम भएको हो ।

साथै विजेता थिङले ५ हजार नगद पुरस्कार प्राप्त गरेका छन् । चाडवाडको अवशर पारेर मनोरञ्जनात्मक हिसाबले उक्त प्रतियोगिताको आयोजना गरिएको आयोजक क्लवका सचिव तथा कार्यक्रमका सभाअध्यक्ष मिलन ढुङ्गानाले बताउनुभयो । पुर्व संविधान सभा सदस्य एवम् नेकपा (एकीकृत समाजवादी) का केन्द्रिय सदस्य राजाराम स्याङ्तानको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा ३५ जना सहभागी भएका थिए ।

कार्यक्रममा ५ नं वडाका वडाअध्यक्ष दिपेन्द्र अधिकारीको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा नेकपा (एस) का गाउँ कमिटी सचिव ओम कुमार आले, नेपाली कांग्रेस मकवानपुरका महाधिवेशन प्रतिनिधि जनकराज उप्रेती, नेकपा माओवादी केन्द्रका वडा कमिटी अध्यक्ष गोविन्द सापकोट, नेपाली कांग्रेसका विष्णु उप्रेती, क्लवका पुर्व अध्यक्ष जीवन बिराट लगायतको उपस्थिति रहेको थियो ।