आइतबार, कार्तिक १३ गते ।

मकवानपुर । लोकतान्त्रिक बाम गठबन्ध निर्वाचन परिचालन कमिटि मनहरी गाउँपालिकाकोे भेला आइतबार भएको छ । मनहरी ९ स्थित अग्निहोत्राश्रममा एक कार्यक्रमको आयोजना गरी भेला बसेको हो ।

बैठकले मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई विजयी गराउनका लागि गठबन्धनमा आबद्ध सबै दलहरुले प्रतिबद्धता जनाएका छन् । साथै भेलाले मनहरी गाँउपालिकाको बिभिन्न स्थानमा चुनाव लक्षित कार्यक्रमहरु पनि सञ्चालन गर्ने निर्णय गरेको छ । त्यसका लागि प्रत्येक टोल-टोल र वडा-वडामा बिभिन्न कार्यक्रमहरु समेत तय गरेका छन् ।

जस अुनसार गाँउपालिकाको सबै वडामा १८ गते देखि १९ गते सम्म वडा भेला सम्पन्न गर्ने गरि कार्यक्रम तय गरिएको छ । त्यसका साथै १८ गते देखि गाँउ स्तरिय उम्मेदवार सहितको आमसभा कार्यक्रम समेत तय गरिएको छ ।
१८ गते वडा १ र २ को संयुक्त आम सभा मनहरी १ मकरीमा गरिने भएको छ । २२ गते वडा ३ र ४ को गोलघरमा, २७ गते वडा ५ को बसन्तपुरमा २८ गते वडा ९ को भलादमीचोकमा र मसिंर १ गते वडा ६, ७ र ८ को संयुक्त भेला मनहरी ७ स्थित राईमार्केटको प्राङगणमा आयोजना गर्ने तय गरिएको छ ।