नेपाल तरुण दलका अध्यक्ष गुरुङ धनगढी आउदै ।

बिहीबार, कात्तिक १७ गते ।
मकवानपुर । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङ भोलि (शुक्रबार) धनगढी आउदै छन् । तरुण दलले निर्वाचन लक्षित कार्यक्रमलाई तीव्रता दिएपछि गुरुङ नेपाल तरुण दल जिल्ला कार्यसमिती धनगढीद्वारा आयोजित बृहत् चुनावी तरुण भेलालाई सम्बोधन गर्न आउन लागेको हो ।
प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका पार्टी सभापति देउवाले आफ्नो पार्टीको उम्मेदवार जिताउन लाग्नु भन्ने निर्देशनसगै अध्यक्ष गुरुङ देश दौडाहमा निस्किएको हो । गुरुङले धनगढीमा सम्पूर्ण तरुणहरूसँग भेटघाट गर्ने र नजिकिँदै गएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७९ मा गठवन्धनका उम्मेदवारहरूलाई जिताउन अन्तरक्रिया कार्यक्रम गर्ने छन् ।
