बिहिवार, कार्तिक १७ गते ।

मकवानपुर । पश्चिम मकवानपुरको राक्सिराङ्ग गाउँपालिकामा नेकपा एमालेलाई धक्का लागेको छ । राक्सिराङ्ग गाउँपालिका वडा ३ का ४५ जना नेता कार्यकर्ताले एमाले त्यागेर नेकपा एकीकृत समाजवादी प्रवेश गरेका छन् । 

हस्तबहादुर रुम्बा र ओमकार मोक्तानको नेतृत्वमा युवाहरु समाजवादीमा प्रवेश गरेका हुन् । उनीहरुलाई नेकपा एकीकृत समाजवादीका केन्द्रिय सदस्य राजाराम स्याङतानले पार्टीमा स्वागत गर्दै विभिन्न जिम्मेवारी समेत दिइएको छ । 

पार्टीको वडा कमिटि पुनर्गठन गर्दै हस्तबहादुर रुम्बालाई अध्यक्षको जिम्मेवारी दिइएको छ । त्यस्तै सानु मोक्तानको नेतृत्वमा वडास्तरिय युवा संघ नेपालको कमिटी समेत गठन गरिएको छ । पार्टी प्रवेश गरेकाहरुलाई पार्टी सदस्यता समेत वितरण गरिएको स्याङतानले जानकारी दिए । 

राक्सिराङ्ग ३ मंसिर ४ को निर्वाचनमा मकवानपुर २ (ख) मा नेकपा एमालेका उम्मेदवार लालबहादुर थापाको वडा हो । आफ्नै वडाका सक्रिय युवाहरुको बिद्रोहपछि थापालाई ठुलो धक्का लागेको छ ।