तस्वीर : दिपेन्द्र पोखरेल ।

शुक्रबार, कार्तिक १८ गते ।

मकवानपुर । नेपाल तरुण दल कैलाली जिल्ला कार्यसमितीले मंसिर ४ को चुनावी अभियान अन्तर्गत आज धनगढीमा चुनावी बृहत् जिल्ला स्तरिय तरुण भेला आयोजना गरेको छ । उक्त कार्यक्रमको प्रमुख अतिथि नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले गर्नुभयो ।
कार्यक्रममा बोल्दै अध्यक्ष गुरुङले बाम लोकतान्त्रिक गठवन्धन उम्मेद्वारलाई कैलालिमा पुर्ण रुपले  जिताउन तरुणहरुलाई निर्देशन दिनुभयो ।

५ बर्ष सम्म केपि ओलिको सरकारले जनतालाई झुक्याउने काम बाहेक केही नगरेको कुरा बताउदै उहाँले अहिले राजावादीहरुसग मिलेर देशमा निरङ्कुस प्रवृत्ति   लाद्न खोजेको र दोहोर्‍याउन खोजेको बास्तविकतालाई तरुणहरु सजग हुनु पर्ने बताउनुभयो ।

अध्यक्ष गुरुङले काँग्रेसको बागी उम्मेद्वारहरुको क्रियाकलापप्रती तरुणहरुको अर्जुनदृष्टि हुनुपर्ने र तिनिहरुको कार्यको भन्डाफोर गर्न परिचालन हुनु पर्ने बताउनुभएको छ । तरुण दल काँग्रेसको भातृ संगठन मात्र नभएर यो युथ काँग्रेस पनि हो भनी उल्लेख गर्दै नेपाली काँग्रेसले पनि थुप्रै युवा उम्मेद्वारहरु उठाएकाले घण्टी र लौरोहरुले इतिहास कोर्न हिजोको दिनमा के बलिदान, त्याग र समर्पण गरे भनी प्रश्न गर्दै हिजो राणा, राजाको तानाशाहि प्रवृत्तिको लडाइ लडेका काँग्रेसका युवा उम्मेदवारहरुलाई जिताउनु पर्ने आजको आवस्यकता हो गुरुङले भन्नुभयो ।

लोकतन्त्रको परिभाषालाई खिल्ली उडाउदै हिजोकोको अभियन्ता भन्नेहरु आज राजावादी पार्टिको पदमा बसि जनतालाई भ्रमको खेती गर्दै हिडेकाहरुलाई यसपालिको चुनावमा देशैभरीबाट नेपाल तरुण दलले सवक सिकाउने कुरा बताउदै कार्यक्रम आयोजना गरेकोमा तरुण दल जिल्ला अध्यक्ष दिपेन्द्र बम लगायत सम्पुर्ण कार्यसमिति एबम उपस्थित तरुणहरुलाई नेपाल तरुण दल अध्यक्ष गुरुङले धन्यवाद दिनुभयो ।

नेपाल तरुण दल कैलाली जिल्ला अध्यक्ष दिपेन्द्र बमको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा गठवन्धनको कैलालि क्षेत्र न.५ को प्रतिनिधिसभा उम्मेदवार डिल्ली राज पन्त एबम प्रदेश सभा ख का उम्मेदवार प्रकाश देउवाले आफ्नो भनाइहरु राखेका थिए । साथै उक्त कार्यक्रममा अध्यक्ष गुरुङलाई तरुण दल कैलाली जिल्ला अध्यक्ष बमले मायाको चिनो प्रदान गरेका थिए ।