आइतबार, कात्तिक १९ गते ।

मकवानपुर । नेकपा एमाले राक्सिराङ्ग गाउँपालिका ७ का अध्यक्ष एवम् २०७४ सालको स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षका प्रत्यासी पूर्णबहादुर चेपाङ नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । राक्सिराङ्ग ६ सिलिङ्गेमा कांग्रेस बागमती प्रदेश सभापति एवम् मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर २ प्रदेशसभा (ख) का उम्मेदवार इन्द्रबहादुर बानियाँले चेपाङलाई पार्टीमा स्वागत गरेका हुन् ।

उक्त कार्यक्रममा चेपाङले कांग्रेस लोकतान्त्रिक विचार अवलम्वन गर्दै आम नेपाली जनताको हितमा काम गर्ने पार्टी भएकोले आफूू कांग्रेसमा प्रवेश गरेको बताए । 
कम्युनिष्टहरुले बाहिर एउटा भित्रै अर्कै व्यवहार गर्ने, जनताको मुद्धालाई उपेक्षा गर्ने कार्य भइरहेको उनले बताए । राक्सिराङ्ग ६ र ७ को निर्वाचन प्रचारप्रसार समितिका संयोजक रावनलाल चेपाङको सभाध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ ।