सोमबार, कार्तिक २१ गते ।

मकवानपुर । भक्तपुर प्रतिनिधिसभाको नेपाली काँग्रेसका उम्मेद्वार आदरणीय दुर्लभ थापा एवम् प्रदेशसभा ख को उम्मेद्वार बिष्णु कार्कीको चुनावी घरदैलो कार्यक्रममा तरुण युवाहरुको साथमा उम्मेदवारहरुको मनोबल बढाउन एवम् मतदाताहरुलाई रुखमा मतदान गर्न आव्हान गर्न आज (सोमबार) भक्तपुरको कार्यक्रममा नेपाल तरुण दलका केन्द्रिय अध्यक्ष विद्वान गुरुङ पुगेका थिए । नेकपा एमालेको नेता महेश बस्नेतको उक्त क्षेत्रमा तरुण दल अध्यक्ष गुरुङसहितको युवा दस्ताका साथ भक्तपुरमा काँग्रेसले घरदैलो अभियान गरेको हो ।

साथै उक्त घरदैलो अभियानको क्रममा नेपाल तरुण दलका केन्द्रिय अध्यक्ष गुरुङ र तरुण युवाहरले काँग्रेसको प्रतिनिधिसभा उम्मेदवार दुर्लभ थापा र प्रदेशसभा उम्मेद्वार विष्णु कार्कीलाई अत्यधिक मत दिएर जिताउ भनी चर्को स्वरमा नारा लगाएका थिए । घरदैलो अभियानमा सहभागी कार्यकर्ताहरुले “च्यापै भोट च्यापै भोट गठवन्धनलाई भोट भनेर हो रानाज्यु”भन्दै गीति शैलिमा भोट मागेका थिए ।