शनिबार, कार्तिक २६ गते ।

मकवानपुर । नेपाल तरुण दलका केन्द्रिय अध्यक्ष बिद्धान गुरुङले लोकतन्त्रको आन्दोलनको उपलब्धिले प्राप्त गरेको उपलब्धि बचाउन गठबन्धनले जित्नु पर्ने बताउनु भएको छ । नेपाल तरुण फलेवास नगरसमितिको आयोजनामा भएको तरुण भेलालाई शनिवार फलेवासको राहलेमा आयोजित कार्यक्रममा गुरुङले उक्त कुरा बताउनु भएको हो ।

अध्यक्ष गुरुङले देशको संविधान र प्रणालीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले खरानी बनाउन खोज्दा गठबन्धनले बचाएको स्मरण गर्दै व्यवस्था बचाउन गठबन्धनले जित्नु पर्ने बताउनु भएको हो । प्रतिनिधीसभा र प्रदेशसभा निर्वाचनको सन्दर्भमा तरुण दलले आयोजना गरेको कार्यक्रममा बोल्दै गुरुङले २००३ देखि लोकतन्त्र र संसदीय राजनीति बचाउन नेपाली काँग्रेस लगायतका दलले लडाई लड्दै आएको बताउनु भयो ।

अहिले हुन लागेको निर्वाचन लोकतन्त्र रोज्ने र ओलीको निरकुंशतन्त्र रोज्ने भन्ने जनमत संग्रह जस्तै रहेको गुरुङले बताउनु भयो । प्रतिनिधीसभा र प्रदेशसभा निर्वाचन ईतिहाँसको कठिन घडीमा हुन लागेको भन्दै गठबन्धनलाई जिताएमा देशले नयाँ ईतिहाँस रच्ने उहाँले बताउनु भयो ।

अहिले स्वतन्त्र उम्मेदवारको नाममा राजनीतिमा कुनै बलिदान नगरेका व्याक्ति उव्जिएर राजनीतिक व्यवस्थामा धावा बोल्ने काम गरिरहेकोमा उहाँले असन्तुष्टि व्यक्त गर्नु भयो । ‘कहाँबाट आयो यो घण्टी र लौरो ? गुरुङले भन्नुभयो,’ गुरुङले भन्नुभयो,‘ यिनीहरु बिदेशी संस्थाका दलाल हुन् । गुरुङले भन्नुभयो,‘ रवि लामिछानेले गरेका विभिन्न रचनात्मक कामको मैले सम्मान गर्छु,‘ तर उनको राजनीतिक आन्दोलनमा केहि भूमिका छ भने भन्नुस ।’

काठमाण्डौ १ मा प्रतिनिधीसभाका उम्मेदवार रविन्द्र मिश्रप्रति गुरुङले कटाक्ष गर्नु भयो । ‘रविन्द मिश्र राजा बोकेर चुनावमा आएका छन्,’ गुरुङले भन्नुभयो,‘ चिहानमा पुगेको राजालाई बोकेर मिश्र कहाँ जान खोजेका हुन् ? ज्ञानेन्द्र शाही बिदेशी शक्तिबाट परिचालित एजेण्ड भएको उहाँले बताउनु भयो ।

स्वतन्त्रदेखि विभिन्न नागरिक समाजका अगुवा बनेर आएका देखि केपी शर्मा ओली सम्मका गठबन्धनलाई उहाँले अपवित्र गठबन्धन भन्नुभयो । केपी ओलीले गरेको गठबन्धन राजा बोक्ने, एक मधेश एक प्रदेशको माग राख्ने उपेन्द्र यादव र पृथकताबादी आन्दोलनका अगुवा सिके राउत जस्ता संग रहेको भन्दै उहाँले ओली यस्ता समूह संग मिलेर देश बर्बादीको खाडलमा हाल्न उद्धत रहेको गुरुङले बताउनु भयो ।

उक्त कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला उपसभापति डा. चुडामणी शर्मा र शिवप्रसाद सुबेदी, नेपाली काँग्रेस प्रदेश सदस्य टोपवहादुर गुरुङ, जिल्ला सदस्य तथा महाधिबेशन प्रतिनिधी शिव शर्मा अधिकारी, महाधिेबशन प्रतिनिधी राधाकुमारी कुँवर क्षेत्री, महाधिबेशन प्रतिनिधी मुना भुसाल, महाधिबेशन प्रतिनिधी सनम बेगम, यूवा नेता मिलन सुबेदी, नेपाली काँग्रेस प्रदेश ख का उपसभापति लक्ष्मी शर्मा गौँडेल, नेपाल तरुण दलका जिल्ला कार्यसमितिका सचिव सागर भुसाल, फलेवास नगरपालिका ६ कार्यसमिति सदस्य पदमपाणी भुसाल, नेपाल विद्यार्थी संघ पर्वतका अध्यक्ष सन्तोष पाठक, विद्यार्थी नेता राजिव लामिछाने, सौगात पौडेल, टंक सुबेदी, संजिव लामिछाने, धनवहादुर कुँवर लगायतले बोल्नु भएको थियो ।

तरुण दलका फलेवास नगर अध्यक्ष दिनेश लामिछानेको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा स्वागत यामन कुँवरले गर्नुभएको थियो भने सञ्चालन तरुण दल फलेवास नगरसमितिका सहसचिव शिव भुसालले गर्नुभएको थियो ।