बुधबार, कार्तिक ३० गते ।

मकवानपुर । नेपाली कांग्रेसको सहमहामन्त्री रहेकी महालक्ष्मी उपाध्याय डिनाको राजनीतिक जीवन २०३६ सालको विद्यार्थी आन्दोलनबाट सुरु भएको थियो । पारिवारिक पुष्ठभूमि नै राजनीति भएकाले सानैदेखि राजनीतिमा होमिएकी उनीलाई राजनीतिमा लाग्न हजुरबुबाबाट प्ररणा मिलेको थियो । उनको हजुरबुबा २००४ सालदेखि नै प्रजातान्त्रिक आन्दोलनमा गर्थे । उनको घर मात्र होइन मावली पनि राजनीतिमै छन् ।

पारिवारिक माहौल राजनीति भए पनि मैले प्रत्यक्ष राजनीति भने नेविसघंबाट सुरु गरेकी उनी २०३६ सालबाट विद्यार्थी आन्दोलनमा लागेकी थिइन् । २०३६ सालको आन्दोलनमा उनी ९ कक्षामा पढ्दै गर्दा त्यो समयदेखि नै उनी राजनीतिमा लागिन् ।

पञ्चायत विरोधी आन्दोलनमा सहभागी हुने क्रममा उनल् विभिन्न समयमा जेल जीवन समेत भोग्नु प¥यो । विद्याथिर्हहरुको हक हितका लागि दड्दै गर्दा वि.सं. २०४२ को सत्याग्रह आन्दोलनमा उनी जेल परेकी थिइन् । विद्यार्थी राजनीति हुँदै पार्टीको सक्रय राजनीतिमा लागेकी उनी गत मंसिरमा भएको १४ औं महाधिवेशनबाट पार्टीको सहमहामन्त्री पदमा निर्वाचित भएकी थिइन् । विद्यार्थी राजनीति गर्ने क्रममा उनी २०४३ सालमा पद्मकन्या क्याम्पसको स्ववियु सभापति निर्वाचित भइन् । उनी २०४६ को आन्दोलन पश्चात निरन्तर सक्रिय राजनीतिमा छिन् ।

२०४६ पछि भने उनी विद्यार्थी राजनीतिबाट महिला संगठनको नेतृत्वमा आइन् । २०४७ सालमा नेपाली काँग्रेसको भातृसंस्था नेपाल महिला संघको मकवानपुर जिल्ला सभापति भएकी उनी २०४९ मा महासमिति सदस्य बनिन् । विगत १५ वर्षभन्दा बढी समयदेखि मकवानपुरको भुगोललाई प्रतिनिधित्व गर्दै नेपाली काँग्रेसको केन्द्रिय सदस्य रहेकी उनी पार्टीको सबैभन्दा माथिल्लो पदमा पुग्ने पहिलो महिला हुन् । मकवानपुरको भुगोलमा डिना वि.सं. २०४८ सालदेखि मकवानपुरको चुनावी मैदानमा परिचित नाम हो ।

२०५९ सालमै राष्टिय महिला आयोगको सदस्य रहिसकेकी उनी पहिलो संविधानसभामा समानुपातिकबाट संविधानसभा सदस्य भएकी उनले २०६४ सालमा जलस्रोत राज्यमन्त्रीका रुपमा समेत कार्यभार सम्हाल्ने अवसर प्राप्त गरिन् । महिलाहरु शिक्षा, स्वास्थ्य र रोजगारमा सक्षम हुनुपर्ने विचार राख्ने यनी राजनीति सँगसँगै सामाजिक क्षेत्रमा पनि सक्रिय छिन् । खासगरी महिला सशक्तिकरणका क्षेत्रमा क्रियाशील डीना दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था हेटौंडाको संस्थापक अध्यक्ष पनि हुन् । मकवानपुरमै जन्मी हुर्केकी उपाध्याय जिल्लाको भूगोल, सामाजिक परिवेशलाई नजिकबाट चिनेको र यहाँको समग्र विकास कसरी गर्न सकिन्छ भन्ने आफूलाई राम्रो जानकारी रहेको बताउँदै आएकी छिन् ।

आसन्न मंसिर ४ गतेको निर्वाचनमा मकवानपुरको निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभाका लागि लोकतान्त्रिक बाम गठबन्धनकी उम्मेदवारका रुपमा डिना प्रस्तुत भएकी छिन् । राजनीतिक रुपमा पार्टीको सर्वोच्च पदमा पुग्ने पहिलो महिला भएका कारणले पनि आगामी निर्वाचन पछि मकवानपुरको विकासका लागि केही सहज हुने देखिन्छ । राजनीतिक पहुँचका आधारमा हुने विकास बजेटको बाडफाडमा उनको प्रत्यक्ष हस्तक्षपकारी भूमिका हुने देखिन्छ ।

उनी पार्टीमा मात्र नभइ आगामी निर्वाचनमा विजयी भएको खण्डमा मकवानपुरबाट प्रतिनिधित्व गरी मन्त्री बन्ने पहिलो उम्मेदवारको रुपमा रहेकी छिन् । चिर्वाचन पछि उनले कांग्रेस नेतृत्वको सरकारमा शसक्त मन्त्रालयको जिम्मेवारी पाउनेमा कुनै दुविधा छैन । राजनीतिक पहँच र मन्त्रालयको जिम्मेवारी पाउँदै गर्दा मकवानपुरको विकासमा निकै नै परिवर्तन आउन सक्ने देखिन्छ ।