सोमबार, मंसिर ५ गते ।

मकवानपुर । आज (सोमबार) विहान १० बजेदेखि मतगणना हुने भएको छ । विहान सर्वदलीय बैठक बसेर विहान १० बजेदेखि मतगणना हुने भएको हो ।

राति अबेरसम्ममा सबै मतपेटिका मतगणना स्थल हेटौंडा २ स्थित सिद्धार्थ माविमा आइपुगेको छ । मकवानपुरमा  ५९ प्रतिशत मात्रै मत खसेको छ । 

मकवानपुरको दुई निर्वाचन क्षेत्रमा एक लाख ७८ हजार २८२ जनाले मतदान गरेको मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले बताए ।