बुधबार, मंसिर ७ गते ।

मकवानपुर । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर २ को ‘ख’ मा नेपाली कांग्रेसका उम्मेदवार इन्द्रबहादुर बानियाँ विजयी भएका छन् ।

सत्तारुढ गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेस वाग्मती प्रदेश सभापति बानियाँले नेकपा एमालेका उम्मेदवार लालबहादुर थापालाई पराजित गर्दै विजयी भएका हुन् ।

औपचारिक घोषणा हुन बाँकी रहेको छ । केही बेरमा हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनी वाग्मती प्रदेशका मुख्यमन्त्रीका दाबेदार हुन् ।

जीत सुनिश्चित भएसँगै  कांग्रेसका कार्यकर्ता मतगणना स्थल बाहिर नाराबाजी गरिरहेका छन् ।