तरुण दल अध्यक्ष गुरुङ र राणाबिच भेटघाट ।

शनिबार, मङ्सिर २४ गते
मकवानपुर । नेपाल तरुण दलका केन्द्रिय अध्यक्ष विद्वान गुरुङले नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणासँग भेटघाट गरेका छन् । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा गुरुङ र राणाको भेटघाट भएको हो ।
उक्त भेटघाटमा निर्वाचनको समीक्षा र तरुणहरूले गरेको सहयोगको प्रशंसा भएका थिए । नेतृ राणाले निर्वाचनमा कांग्रेसलाई समानुपातिकमा सोँचे अनुसारको मत नआए पनि समग्रमा कांग्रेसको ठूलो जित भएको बताएकी छिन् । साथै नेतृ राणाले तरुण दलले कांग्रेसलाई संगठन निर्माणमा सहयोग गर्नु पर्ने पनि बताएकी छिन् ।