राक्सिराङ्गकी रिताले आफ्नै शरिरमा पेट्रोल छर्केर आगो लगाईन् ।

सोमबार, मङ्सिर २६ गते ।
मकवानपुर । आफ्नै शरिरमा पेट्रोल छर्किएर आगो लगाउँदा मकवानपुरमा १ जना महिला घाईते भएकी छिन् । मकवानपुरको राक्सिराङ्ग गाउँपालिका ३ पलासे निवासी ३० वर्षीय रिता ब्लोनले घरयासी विवादको कारण आफ्नै शरिरमा पेट्रोल छर्किएर आगो लगाएपछि गम्भिर घाईते भएकी हुन् ।
आगो लगाएर गम्भिर घाईते भएकी ब्लोनलाई उपचारको लागि चितवन पठाईएको तर चितवनमा पनि उपचार संभव नभएपछि काठमाण्डौँ रिफर गरिएको बागमती प्रदेश प्रहरी कार्यालयले बताएको छ ।