तरुण दलका अध्यक्ष गुरुङले दिए चौधरीलाई बधाई ।

सोमबार, मंसिर २६ गते ।
मकवानपुर । नेपाल तरुण दलका केन्द्रिय अध्यक्ष विद्वान गुरुङले नवलपरासी क्षेत्र १ मा नेपाली कांग्रेसबाट निर्वाचित सांसद एवम् उद्योगपति विनोद चौधरीलाई बधाई दिएका छन् । गुरुङले चौधरीलाई साेमबार भेटेर बधाइ दिएका हुन् ।
साथै उनीहरुबीचको भेटमा समसामयिक राजनीति, मुलुकको अर्थतन्त्र एवम् निर्वाचन क्षेत्रमा तरुण दलले खेलेको भूमिकाबारे छलफल भएको थियो । चौधरीले तरुणहरुले खेलेको भुमिकाले नै आफूले चुनाव जित्न सफल भएको बताउँदै चौधरीले अध्यक्ष गुरुङलगायत आफ्ना क्षेत्रका नेताहरुलाई धन्यवाद दिए ।
युवाहरुको विभिन्न समस्याहरुको समाधानको लागि आफूले पहल गर्ने भन्दै चौधरीले अवसर पाए बिकासको खाका आफूसँग भएको र देशको मुहार फेर्न तल्लीन हुने कुरा समेत बताए ।