बिहीबार, मंसिर २९ गते ।

मकवानपुर । नेपाल तरूण दलका पूर्वमहामन्त्री कमल चित्रकारको निधन भएको छ । प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वमहामन्त्री चित्रकारको निधनले आफू स्तब्ध भएको उल्लेख गरेका छन् ।

देउवा आज पशुपति पुगेर चित्रकारलाई श्रद्धाञ्जली समेत दिएका छन् । ‘नेपाल तरुण दलका पूर्वमहामन्त्री एवं नेपाली कांग्रेसका नेता कमल चित्रकारजीको निधनको खबरले स्तब्ध भएको छु । उहाँको आत्माको चिर शान्तिको कामना गर्दै परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु,’ देउवाले भनेका छन् ।

साथै नेपाल तरुण दलका केन्द्रिय अध्यक्ष विद्वान गुरुङले पनि प्रधानमन्त्री देउवासगै पशुपति पुगेर चित्रकारलाई श्रद्धाञ्जली दिएका छन् ।