तस्वीर : दिपेन्द्र पोख्रेल ।

शनिबार, पुष ०२ गते ।

मकवानपुर । नेपाल तरुण दलका केन्द्रिय अध्यक्ष विद्वान गुरुङले नेपाली काँग्रेसका पुर्व महामन्त्री, केन्द्रिय सदस्य एवम् नवलपुर क्षेत्र न.१ बाट प्रतिनिधिसभामा निर्वाचित डा. शशांक कोईरालालाई बधाई दिएका छन् । अध्यक्ष गुरुङले कोइरालालाई भेटेर बधाइ दिएका हुन् ।

साथै उनीहरुबीचको भेटमा समसामयिक राजनीति र पछिल्लो राजनितिक घटनाक्रमको बिषयमा चर्चा भएको थियो । उक्त भेटघाटमा कोइरालाले चुनावको दौरान देश दौडाह गरि नेपाली काँग्रेसलाई पहिलो पार्टी बनाउन ठुलो भुमिका खेलेको बताउँदै अध्यक्ष गुरुङ लगायत सम्पुर्ण तरुण नेताहरुलाई धन्यवाद समेत दिएका छन् ।