आइतवार, पुस ०३ गते ।

मकवानपुर । नवनिर्वाचित प्रतिनिधिसभा सदस्य एबं नेपाल तरुण दल पुर्व अध्यक्ष उदय शम्शेर राणालाई तरुण दलले बधाई ज्ञापन गरेको छ । तरुण दल केन्द्रिय अध्यक्ष विद्वान गुरुङ सहित विभिन्न जिलाहरुबाट आएका तरुणहरुले आज ललितपुर स्थित राणाको निजी निवासमा नेपाल तरुण दल पुर्व अध्यक्ष, पुर्व अर्थ राज्यमन्त्री, नेपाली काँग्रेस केन्द्रिय सदस्य उदय शमशेर राणालाई ललितपुर निर्वाचन छेत्र न.१ बाट प्रतिनिधि सभामा नेपाली काँग्रेसबाट निर्वाचित हुनुभएकोमा उहाकै निवासमा भेटेर बधाई एबम शुभकामनाको प्रमाण पत्र हस्तान्तरण सहितको कार्यक्रम सम्पन्न भएको छ ।

नवनिर्वाचित प्रतिनिधिसभा सदस्य राणालाई बधाई दिदै तरुण दल अध्यक्ष विद्धान गुरुङले आगामी दिनमा अझै उच्च राजनितिक सफलताको कामना गर्नुभयो । आम तरुणहरुसगंको भेटमा नवनिर्वाचित सांसद राणाले क्षेत्रमा बिकासको खाका र जनतासगं सिधा साक्षत्कारमा आफू पुर्ण सकृय भएको कारण र निर्वाचनमा तरुणहरुको कारणले पनि चुनाव जित्न सफल भएकोले तरुण हरुको भुमिका  प्रशंसनीय रहेको कुरा उल्लेख गर्नुभयो ।

साथै उपस्थित सम्पुर्ण तरुणहरुलाइ धन्यवाद दिदै राणाले तरुणहरु देश हाक्न सक्षम रहेको कुरा समेत बताउनुभयो ।