बिहीबार, पुस २१ गते ।

मकवानपुर । पूर्वप्रधानमन्त्री एबम नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासंग नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले भेट गरेका छन् । देउवा निवास धुम्बाराहीमा आज तरुण दल अध्यक्ष गुरुङले भेट गरेका हुन् ।

उक्त भेटघाटमा समसामयिक राजनितिको बारेमा छलफल भएको गुरुङले बताएका छन् । सभापति देउवासंग तरुण दल केन्द्रिय समिती बिस्तार गर्ने बिषयमा छलफल भएको छ । पार्टिलाई अझ मजवुत गराउन तरुण दल बिस्तार गरेर संगठन चलाएमान बनाउनु पर्ने कुरा अध्यक्ष गुरुङले पार्टी सभापति देउवासंग राखेका छन् ।

साथै अध्यक्ष गुरुङले उठाएका विषयहरुमा सभापति देउवाले आफु सकारात्मक रहेको बताएका छन् ।