शनिबार, पुस २३ गते ।

मकवानपुर । दर्शकको मन नै लोभ्याउने गरि चलचित्र निर्देशनमा खप्पिस मानिने निर्देशक नबल नेपालको निर्देशनमा तयार भएको लघु सिनेमा ‘चौतारी’ सार्वजनिक भएको छ । ओएसआर डिजिटल युट्युबबाट सार्वजनिक चौतारीमा उमेरले उत्पन्न गर्ने आवेग र त्यसपछिको नियतिलाई केलाउने प्रयास गरिएको छ । 

युवा उमेरमा हुने आकर्षण, प्रेम र धोकाका किस्सालाई उक्त भिडियोमा अर्थपूर्ण रूपमा देखाउने प्रयास गरिएको छ । साथै सन्तानको भविष्यका लागि अभिभावकले गरेको त्यागलाई पनि भिडियोमा स्थान दिइएका छन् । 

भिडियोको कथालाई  दिनेश न्यौपाने र नबल नेपालले सङ्कलन गरेका हुन् । १६ मिनेट अवधिको लघु सिनेमा हरि ढकाल र गीता ढकालले  निर्माण गरेका हुन भने मदन काश्यपले खिचेका छन् । 

मिना ढकाल, वसन्त भट्ट, विकास लामिछाने र सिम्रन खड्काको अभिनय रहेको उक्त ‘चौतारी’ मा प्रिया न्यौपानेको अतिथि भूमिका रहेको छ । नवीन निरौलाको सम्पादन रहेको चौतारीले भोकाएका दर्शकहरूलाई मनोरञ्जन दिने कुरामा निर्देशक नेपाल ढुक्क देखिन्छन् । 

https://youtube.com/watch?v=xg7xgA04opE&feature=shares