सोमबार, माघ ०२ गते ।

मकवानपुर । नेपाल तरुण दलले यती एयरलाईन्सको जहाज दुर्घटनामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जलि व्यक्त गरेको छ । तरुण दल अध्यक्ष विद्वान गुरुङले शोक वक्तव्य जारी गर्दै ७२ जनाको ज्यान जाने गरी पोखरामा भएको जहाज दुर्घटनाप्रति दुःख व्यक्त गरेको हो ।

यती एअरलाईन्सको जहाज अवतरणका क्रममा पोखराको सेती नदीको खोँचमा खसेर दुर्घटनाग्रस्त भएको थियो । उक्त दुर्घटनाको दुःखद खबरले नेपाल तरुण दल केन्द्रीय समिति मर्माहत भएको अध्यक्ष गुरुङले शोक वक्तव्य उल्लेख गरेका छन् ।

साथै ‘जहाज दुर्घटनामा ज्यान गुमाउनु भएका चालक दलका ४ सदस्यसहित ७२ जना यात्रुप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछौं’, अध्यक्ष गुरुङले भनेका छन् । ‘अत्यन्तै कहाली लाग्दो दुर्घटनामा ज्यान गुमाउनु भएका व्यक्तिहरूका परिवार एवं आफ्न्तजनमा नेपाल तरुण दल केन्द्रीय समिति हार्दिक समवेदना प्रकट गर्दछ’, शोक वक्तव्यमा भनिएको छ ।