तस्बिर : दिपेन्द्र पोख्रेल ।

बुधबार, माघ ०४ गते ।

मकवानपुर । नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापा र नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङबिच भेटघाट भएको छ । उक्त भेटमा केही दिनभित्रै तरुण दल केन्द्रिय समिती ल्याउने र अब बन्ने तरुण दल केन्द्रिय समितीमा तरुण पृष्ठभुमिमा रहेर कार्य गरिरहनुभएको व्यक्तीहरु नै आउनु पर्ने कुरामा अध्यक्ष गुरुङले जोड दिनुभयो ।

अन्य भातृ संगठन भन्दा तरुण दल फरक रहेको र पार्टीलाई मजवुत बनाउनु पर्ने अहिलेको परिस्थितिमा आउने तरुण दल केन्द्रिय समिति कोसेढुङ्गाको रुपमा सावित हुने कुरा महामन्त्री थापासग अध्यक्ष गुरुङले राख्नुभयो । साथै महामन्त्री थापाले अध्यक्ष गुरुङलाई संगठन चलायमान बनाउनको लागि हर तरहको सहयोग आफूबाट प्राप्त हुने प्रतिबद्धता पनि व्यक्त गर्नु भएको छ ।