तरुण दल विस्तारको गृहकार्य, काँग्रेस नेता सिटौला, निधि, चौधरी र अध्यक्ष गुरुङबीच भेटवार्ता ।

शनिबार, माघ ०७ गते ।
मकवानपुर । नेपाली कांग्रेसका वरिष्ठ नेताहरु कृष्णप्रसाद सिटौला, बिमलेन्द्र निधि र बिनोद चौधरीसँग नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष विद्वान गुरुङले भेटवार्ता गरेका छन् । शनिबार राजधानीमा नेताहरु सिटौला, निधि, चौधरी र अध्यक्ष गुरुङबीच भएको भेटवार्तामा तरुण दलको कार्यसमितिलाई पूर्णता दिने विषयमा परामर्श भएको हो ।

उक्त भेटवार्तामा वरिष्ठ नेताहरुले तरुण दललाई पूर्णता दिने र चलायमान बनाउन आफूहरुको पूर्ण सहयोग रहने आश्वासन अध्यक्ष गुरुङलाई दिएका छन् । अध्यक्ष गुरुङले तरुण दललाई केही दिनभित्र पूर्णता दिने तयारी गरेका छन् ।
वरिष्ठ नेता सिटौलाले तरुण दल संगठन अनुशासित ढंगले चल्ने संगठन भएकाले आफुलाई कार्य गर्न सजिलो हुनेगरी कार्यसमिती ल्याउन अध्यक्ष गुरुङलाई सुझाव दिएका छन् । साथै पार्टि केन्द्रिय समितिको बैठक भन्दा अघि नै तरुण दल केन्द्रिय समिती आउन सके अझ राम्रो हुने नेताहरुले बताउनुभयो ।

तरुण दलको लामो समयदेखि महाधिवेशन हुन सकेको छैन । कार्यसमिति पनि विस्तार हुन सकेको छैन ।
अध्यक्ष गुरुङले कार्यसमितिलाई विस्तार गरेर महाधिवेशन गर्ने तयारी गरिरहेका छन् । त्यसका लागि पार्टीका नेताहरूसँग परामर्श गर्दै आएका छन् ।