तरुण दल अध्यक्ष गुरुङद्वारा सोनाम ल्होसारको शुभकामना व्यक्त ।

आइतबार, माघ ०८ गते ।
मकवानपुर । नेपाल तरुण दलका केन्द्रिय अध्यक्ष विद्वान गुरुङले सोनाम ल्होसार पर्व एवम् नयाँ बर्षको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली तामाङ समुदायमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको शुभकामना व्यक्त गरेका छन् । सोनाम ल्होसारका अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा अध्यक्ष गुरुङले बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवं भौगोलिक विविधतायुक्त हाम्रो देशमा यस्ता मौलिक पर्वको ठूलो महत्व रहेको उल्लेख गरेका छन् ।
गुरुङले तामाङ समुदायको यस पर्वले सबै नेपालीमा उत्साह र उमङ्ग कायम गरी आपसी सहिष्णुता कायम गर्दै आर्थिक र सामाजिक रुपले समृद्ध मुलुकको निर्माण गर्न सबैमा प्रेरणा मिलोस् भन्ने कामना दिएका छन् । सोनाम ल्होसार जस्ता राष्ट्रिय पर्वले सम्पूर्ण नेपाली दिदीबहिनी दाजुभाइ बीच आपसी सद्भाव, बन्धुत्व र एकताको भावना वृद्धि गर्न मद्दत गर्ने उल्लेख गर्दै अध्यक्ष गुरुङले नेपालमा विविध जातजातिले मनाउने यस्ता चाडपर्वले विश्वमा नेपालको छुट्टै पहिचान बनाएको बताए ।