आइतबार, भदौ १७ गते ।


केही केही गितहरु गित मात्रै हुदैनन् । ती त प्रश्न पनि हुन्छन् । जसले केहि जबाफको आशा गरिरहन्छ । गायक कुमार गुरुङले गाएको यो गितले पनि यस्तै प्रश्न तेर्साउछ । “हाम्रो प्रेमको माला तिमीले खै कसरी उन्छ्यौ, मेरो त सिरानदेखि चिहानसम्म तिमी नै हुन्छयौ ।” भन्न त प्रेम हुनु आफैमा सर्वस्व हो पनि भनिएलान् । तर, प्रेम भैरहनका लागि भने सम्बन्धले अरु पनि थुप्रै कुराहरुको माग गर्छ । र सबै भन्दा महत्त्वपुर्न चाहिँ त्यो सम्बन्ध आगामी दिनमा कसरी बाचिने छ भन्ने नै हो ।

खै, थाहा छैन किन प्रेम गर्‍यो एक अर्कालाई हामीले जिन्दगीको यी मोडमा तिमी नभएर अरु नै कोहि भेट भैदिएको भए पनि के प्रेम हुन्थ्यो र ? अह, थाहा छैन केही कुराहरु यसै गरि खुर्पा जस्तै प्रश्न बाचक चिन्ह भनेर तुरलुङगा झुन्डि रहदो रहेछ जिन्दगीमा । यस्तै जटिल हुदारहेछन क्यारे केही प्रश्नहरु । यी बोझिला प्रश्नहरुलाई यसै बिर्साएर म सम्झिन चाहन्छु । गोपाल योन्जनको शब्द संगीतमा नारायण गोपालले गाउनु भएको गित “यति चोखो यति मिठो दिउला तिमीलाई माया, बिर्सने छन साराले पुराना प्रेममा कथा ।”

हो, यस्तै प्रेम गरिरहन चाहन्छु म तिमीलाई । तर मलाई डर पनि छ, यो सम्बन्ध त सधैं यसै गरि बगि रहला र भन्ने ? तिमीलाई थाहा छ, बैज्ञानिक अल्बर्ट आइंस्टाइनले कहिले पनि जुत्तामा पालिस लगाउदैन थिए । अनि कहिले पनि कपाल कोर्दैन थिए । उनको लगाएको कपडा पनि झोलिएका खुकुलो र बेठेगानका हुन्थे । उनि भन्थे “कसैसग नदाजिने हो भने जुन पुरानो चिज पनि राम्रो हुन्छ ।” जब त्यसलाई अर्को चिजसग दाज्छौ नि हामी अनि बल्ल त्यो चिज राम्रो कि नराम्रो भन्ने कुरा आउँछ । यदि कसैले पनि जुत्तामा पालिस नलगाउने हो भने सबैका जुत्ता प्रायः उस्तै हुन पुग्छन । उनको बानी ठिक कि बेठिक भन्ने त अर्को बिषय भयो । तर, उनको तर्क चाहिँ औधी मन पर्‍यो मलाई ।

हामी दाजेर हेर्छौ त्यसैले राम्रो नराम्रो छुट्टाउछौ । नत्र हरेकको महत्त्व आ-आफ्नै त छ नि । यो उदाहरण जोडेर मैले भन्न खोजेको मुल कुरा चाहिँ के भने मैले कति धेरै प्रेम सम्बन्धहरु दाज्न थालेपछी ध्वस्त भएको देखेको छु, सुनेको छु । आफ्नो प्रेमी प्रेमिका भन्दा त फलानो नै राम्रो भन्ने बिचारको बिउ मस्तिष्कमा आँकुराउन थालेदेखि त्यो प्रेम सम्बन्धको ओरालो यात्रा सुरु हुने कुरा बडो मज्जासग बुझेको छु मैले । र, त यो बिकराल हाम्रो सम्बन्धमा नल्याउन सधैं सजक छु र हुने छु पनि ।

तर, “जब पसल त त्यसको पनि चोरि हुन्छ, जो ताल्चाको व्यापार गरेर बस्छ” भनेर मैले कतै पढेको कुरा सम्झिन्छु । अनि कता कता त्राश जस्तो मनमा भएर आउँछ । प्रेम सम्बन्ध सधै सरल रेखाबाट मात्रै अघि बढछ भन्ने हुँदैन किनकि, प्रेम निरपेक्ष छैन । कम्तीमा हामीले बाचेको समाजमा यो निरपेक्ष छैन । बरु थुप्रै थुप्रै कुराहरुले प्रभाव पार्छ । र, यसलाई मैले यति लामो गनथन गर्नुको तात्पर्य यति हो कि म भोलि आइ पर्ने उलजनहरुमा तिमी के गर्छ्यौ भनेर आज जान्न चाहन्छु ।

भारतको पुर्व राष्ट्रपति एपिजे अब्दुल कलाम भन्थे, “सपना त्यो हैन जुन निदाउदा देखिन्छ, सपना त त्यो हो जसले निदाउनै दिदैन ।” यस्तै कुराहरुको प्रभावले केही सपनाहरु सजाए होला मैले । तर मेरा सपनाहरु तब मात्रै सजिब हुने छन् । जब तिनमा प्राण भर्ने छयौ तिमीले । न, त ती सपनाहरु पनि हामीले सानोमा खेल्ने पुतली जस्तो त हुन्छन् ? हामी बनाई दिन्थ्यो टालाटुलि जोडी अझ जागर चले सानो बच्चा पनि बनाई दिन्थ्यो अर्को । तर तिनिहरु कतै हलचल गर्दैन थिए । जबसम्म हामीले चलाउदैनौ हाम्रो सपनाहरु पनि तिनै टालाटुलि जस्तै त हो ।


जिवनको घोडे यात्रामा समयले चाबुक मारिरहन्छ निरन्तर । भयो भने सगै हिंड्ने मनको मान्छे यात्रा भई दिन्छ गजबको । तिमीलाई यस्तै सगैको यात्री बनाउन चाहन्छु म । जो थकाइ लाग्दा चौतारीहरुमा सगै बसेर पसिना ओभाउछ । तिर्खा लाग्दा ओकालीहरुमा सालको हाँगै काटेर सगै चुसी दिन्छ । सुख दु:ख आउँछ जान्छ, जिन्दगीमा सगै भए सहुला बुझुला । मैले, यो दुनियाँका धेरै जसो मान्छेहरु नयाँ जुत्ता लगाउन नपाएकोमा दुखि हुने प्रवृत्तिको देखे । तर, देखिन कोहि जो जुत्ता लगाउने खुट्टा नै नभएकाहरु पनि छन् र उनिहरु पनि खुसी छन भन्ने बुझेर चित्त बुजाईयोस् । देखिन, तर म हुन चाहन्छु । र, यस्तै चाहन्छु तिमी पनि भइ दिनु ।


प्रीये मान्छे एक पटक सुनले फलामसग सोधे छ, “पिट्न त मलाई पनि फलामले नै पिटछ, तर म सानो स्वरमा रुन्छु, तिमी चाहिँ किन ठुलो स्वरमा रुन्छौ ?” फलामले जबाफ दिए छ, “जब आफ्नै भन्नेले चोट दिन्छ नि तब त्यो सहना साह्रै गाह्राे हुन्छ ।” ठिक यसरी नै फलामले भने जसरी नै जब मानवीय सम्बन्धका विभिन्न रुपहरु मध्ये प्रेम सम्बन्धमा चोट पाइन्छ । तब बेसरी नै दुख्छ । यो कुरा भने सधै मनमा राख्नु तिमीले । भोलिको दिनमा काम लाग्छ । किनकि हाम्रो अगाडीका बाटोहरु त्यति सजिलो छैनन् । समाजका अबुझहरुले भुतकाल देखि बिछ्याइएको काडा कुल्चिएर हिंड्नु पर्ने छ हामीले । र म यति बेला तिमीसग त्यो काडा कुल्चिएर हिंड्नु पर्ने दिन तिमी साथमा हुन्छ्यौ कि हुदिनौ भन्नेमा स्पस्ट हुन चाहन्छु ।

तिमि शक्ति हौ मेरो आँट हौ तिमी । तर, नभुल्नु कहिल्यै कि घरमा चोरी नहोस भनेर कुकुर पालेको मान्छेको कुकुर नै चोरी भइ दियो भने के हुन्छ ? भन्ने कुरा । जिन्दगीले कहिले काहीँ आफैसग हजारौं प्रश्नहरु सोधिरहन्छ जिज्ञासामाझ राखिरहन्छ म जबाफ दिई टोपल्छु पनि । तर मलाई पूरा पूरा थाहा हुन्छ मेरो जबाफको तौल । यसरी कति धेरै पटक म लाजमर्दोको बाछीटाले निथुर्कै भिजेको छु । जिन्दगी योजना अनुरुप अगाडी बढदैन फेरि पनि योजना चाहिँ बनाई रहनु पर्छ जिन्दगीमा सधैं-सधैं । बाकी क्रमशः-
– अशोक निर्दोष ।