नेविसंघ रोल्पाको जिम्मेवारी कान्छा महाधिवेशन प्रतिनिधि जिसीलाई दियो ।

शनिबार, माघ १४ गते ।
मकवानपुर । नेपाल बिद्यार्थी संघ केन्द्रीय समितिले नेविसंघ रोल्पाको अध्यक्षको जिम्मेवारी अनुपम जिसीलाई दिएको छ । नेपाली काँग्रेसको १४औं महाधिवेशनमा सबै भन्दा कान्छा महाधिवेशन प्रतिनिधि समेत रहेका जिसीलाई केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले माघ १३ गते पत्राचार गरी ३ महिना भित्र जिल्ला अधिबेशन सम्पन्न गर्ने गरी अध्यक्षको जिम्मेवारी दिएको हो ।
साथै उक्त पत्रमा नेपाल बिद्यार्थी संघ रोल्पाको अध्यक्ष पद रिक्त रहेको र बर्तमान बिधान अनुसार ३२ बर्ष उमेर हद पनि आकर्षित भएकोले नेपाल बिद्यार्थी संघको बिधान २०२७ र छैठौ शंसोधन २०७५ बमोजिम अध्यक्षको जिम्मेवारी दिइएको उल्लेख गरिएको छ ।
रोल्पाको लुंग्री गाउँपालिका ४ सिर्पका २२ वर्षीय योगेन्द्र अनुपम घर्ती क्षेत्री नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधि समेत हुन् ।
केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुने जिल्लाकै कम उमेरका उनी युवा नेता हुन् । २०७२ सालमा रोल्पाको बालकल्याण उच्च माविमा नेपाल विद्यार्थी संघको इकाई सभापति बनेका थिए ।
