राक्सिराङ ८ मा माघ २० गते ल्होछार विशेष सांस्कृतिक कार्यक्रम हुने ।

सोमबार, माघ १६ गते ।
मकवानपुर । मकवानपुर जिल्लाको राक्सिराङ्ग गाउँ पालिका वडा नं. ८ ठुलोटोड्केमा माघ २० गते मञ्जुश्री संवत् २८५९ औं ह्योयी ल्हो बिरालो वर्ग सोनाम ल्होछार कार्यक्रम हुने भएको छ । मौलिक संस्कार संस्कृती, भेष-भुषा तथा पहिचानको संरक्षण तथा प्रबर्द्धन गर्ने उदेश्यका साथ कर्साङ छेयोइलिङ गुम्बाद्वरा साँस्कृतिक कार्यक्रम आयोजना हुन लागेको हो ।
उक्त कार्यक्रम बागमती प्रदेशका सामाजिक बिकास मन्त्री कुमारी मोक्तान, गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, उपाध्यक्ष बनस्तम थिङ लगायत सबै वडाका वडा अध्यक्षसहित विभिन्न पार्टीका राजनैतिक नेतृत्वहरुको उपस्थित रहने बताएको छ । साथै सोही वडाको दुईचोक डाँडामा बुद्धको मुर्ति सिलान्यास गर्ने कार्यक्रम पनि रहेको छ ।
त्यस्तै कार्यक्रममा तामाङ सेलो जगतका चर्चित गायक तथा संगीतकार प्रकाश तितुङ तामाङ, दिपक मोक्तान, प्रकाश तामाङ, इन्कार तामाङ, गायिका रेस्मा बोम्जन, पुजा तामाङ, सुजना रुम्बा, बालिका तामाङ साथमा अन्य स्थानिय कलाकारहरु र मनहरी आस्था कला केन्द्रको बेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ ।