बुधबार, माघ १८ गते ।

मकवानपुर । नेपाल तरुण दलले तरुण दल चितवनका अध्यक्ष राजन ताम्राकारको आमा छोरी मैया ताम्राकारको निधनले स्तब्ध भएको बताएको छ । तरुण दलका केन्द्रिय अध्यक्ष विद्वान गुरुङले विज्ञप्ति जारी गर्दै ताम्राकारको निधनले केन्द्रीय समिति स्तब्ध भएको बताएका हुन् ।

साथै गुरुङले मृत आत्माको चिर शान्तिको कामनासहित सम्पूर्ण शोक सन्तप्त परिवारजनमा समवेदना समेत प्रकट गरेका छन् । ताम्राकारको ८१ वर्षको उमेरमा निधन भएको हो ।