मगर संघ स्थापना दिवसको नेपाल तरुण दल अध्यक्ष गुरुङद्वारा शुभकामना व्यक्त ।

सोमबार, फाल्गुन १५ गते ।
मकवानपुर । नेपाल तरुण दलका केन्द्रिय अध्यक्ष विद्वान गुरुङले नेपाल मगर संघको ४१औं स्थापना दिवसको अवसरमा सम्पूर्ण मगर समुदायलाई शुभकामना दिएका छन् । सोमबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष गुरुङले शुभकामना दिएका हुन् ।
गुरुङद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘मगर जातिको अधिकार र अस्तित्वको रक्षाका लागि एकजुट भएर लागेको सम्झनामा प्रत्येक बर्ष फागुन १५ गते मनाइने यो स्थापना दिवसले सवै जातिको प्रतिनिधित्व गर्दै देश विकासमा महत्वपूर्ण भूमिका खेल्न सबै नेपालिलाई प्रेरित गरोस् भन्ने कामना गर्दछु ।’ साथै मगर समुदायले संघको ४१औं स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाउँदै छन् ।
यो पनि पढनुहोस:
राष्ट्रिय स्वतन्त्र पार्टीका हेटौंडा नगर संयोजक न्यौपाने २१ दिन पनि पार्टीमा टिकेनन् ।
मकवानपुरमा खतिवडा, बर्तौंला र पराजुलीबिच त्रिपक्षीय रोचक भिडन्त हुँदै ।
मुख्यमन्त्रीमा संस्थापन पक्षले लामालाई च्यापेपछि इतरपक्षको समर्थन खोज्दै बानियाँ।
बागमती प्रदेशले अस्थायी स्वास्थ्यकर्मीको दरबन्दी स्वीकृत गर्यो ।