शुक्रबार, फागुन १९ गते ।

मकवानपुर । नेपाल तरुण दलका केन्द्रिय अध्यक्ष विद्वान गुरुङले श्रीलङ्कामा हुने यु–१९ विश्वकपका लागि छनोट भएकोमा नेपाली टिमलाई बधाइ दिएका छन् । अध्यक्ष गुरुङले सामाजिक सञ्जालमार्फत बधाई तथा शुभकामना दिएका हुन् ।

गुरुङले भनेका छन्, “राष्ट्रको गरिमालाई विश्वभर परिचित गराउन नयाँ आयामको रुपमा आगामी दिनमा आजको क्षणले अभुतपुर्व भुमिका खेल्ने छ भन्ने विश्वास लिएको छु ।” दीपेश कँडेलले ह्याट्रिक विकेट लिएपछि निर्णायक खेलमा युएईमाथि ७ रनको रोमाञ्चक जित निकाल्दै नेपाली टिम अर्को वर्ष श्रीलङ्कामा हुने यु–१९ विश्वकपका लागि छनोट भएको हो । सन् २०१६ यता नेपालले पहिलोपल्ट उमेर समूहको क्रिकेट विश्वकप खेल्न लागेको हो ।