बुधबार, फाल्गुन २४ गते ।

मकवानपुर । नेपाली कांग्रेस संघिय सदस्य एबम युवा नेता राजन मल्लले नेपाली कांग्रेसको साधारण सदस्य समेत नरहने गरि पार्टी परित्यागको घोषणा गरेका छन् । मल्लले सामाजिक सन्जाल फेसबुकमार्फत पार्टी परित्यागको घोषणा गरेका हुन् ।

राक्सिराङ्ग गाउँपालिका ९ लाई राजनीतिक आधार केन्द्र बनाउदै राजनिती गर्दै आएका मल्लले पार्टीभित्र चरम चाप्लुसी र चाकडी प्रथाको बिकास भएको भन्दै असन्तुष्ट हुँदै पार्टी परित्याग गरेका हुन् । यथार्थ र निष्ठाको राजनिती कांग्रेसमा सकिएको भन्दै आफुले अब राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्ने निर्णय गरेको बताए ।

साथै मल्लले राक्सिराङ्ग गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टीको भेला पनि छिट्टै हुने र सिङ्गो राक्सिराङ्ग गाउँपालिकाको नेतृत्व लिने गरि नेतृत्वसग छलफल भईरहेको समेत जानकारी दिनुभयो ।