मंगलबार, फागुन ३० गते ।

मकवानपुर । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरूण दलले नेविसंघसँग गठबन्धन गरेका साझा उम्मेदवारलाई स्ववियु चुनावमा जिताउन निर्देशन दिएको छ । अध्यक्ष गुरूङले ७७ जिल्लामै परिपत्र गर्दै स्ववियुमा नेविसंघ र नेविसंघसँग गठबन्धन गरी खडा गरिएका उम्मेदवार जिताउन भूमिका खेल्न निर्देशन दिइएको उल्लेख छ ।

‘स्ववियु चुनावमा नेविसंघसँग गठबन्धन गरेका विद्यार्थी संगठनका साझा उम्मेदवारहरुलाई विजय गराउन आवश्यक भूमिका खेल्न नेपाल तरुण दल केन्द्रीय समिति दलका सम्पूर्ण जिल्ला समितिहरुलाई आग्रह गर्दछ,’ परिपत्रमा उल्लेख छ । स्ववियु चुनावमा जिल्लाभित्रका तरूण दललाई परिचालन गर्न समेत अध्यक्ष गुरूङले निर्देशन दिएका छन् । यही चैत ५ मा स्ववियु चुनाव हुँदैछ ।