तरुण दललाई पूर्णता दिन अध्यक्ष गुरुङ र कांग्रेस नेता सिंहबीच छलफल ।

बिहीबार, चैत ०२ गते ।
मकवानपुर । कांग्रेसनिकट नेपाल तरुण दललाई पूर्णता दिने विषयमा छलफल भएको छ । बिहिवार कांग्रेस नेता प्रकाशमान सिंह र तरुण अध्यक्ष विद्वान गुरुङबीच तरुण दल केन्द्रीय समिति विस्तारलाई अन्तिम रुप दिने विषयमा छलफल भएको हो ।
नेता सिंहको निवासमा उनीहरुबीच छलफल भएको हो । छलफलमा केही दिनभित्रै आवश्यक गृहकार्य गरेर तरुण दल केन्द्रिय समिति विस्तार गर्ने विषयमा कुराकानी भएको छ ।
साथै तरुण दल केन्द्रिय समिती बिस्तार भए पार्टी पनि मजबुत हुने कुरा समेत नेता सिंहले बताउनुभयो ।