शनिबार, चैत्र ०४ गते ।

मकवानपुर । मकवानपुरका विभिन्न क्षेत्रहरुमा बढ्दै गएको टिपर आतंक रोक्न राष्ट्रिय स्वतन्त्र पार्टी आफै स्वयम लागि परेको छ । सिमेन्ट उद्योगको लागि कच्चा पदार्थ (चुन ढुङ्गा) बोक्ने टिपरले क्षमता भन्दा बढी भार बोकी निर्वाद सडकमा गुड्दा समेत नियमनकारी निकाय मौन बस्दा रास्वपाले नियन्त्रणमा तदारुपता देखाएको हो ।

दैनिक जसो मकवानपुर भित्र एक हजार बढी टिपरहरु चल्ने गरेका छन् । ती मध्ये अधिकाशंले क्षमता भन्दा बढी भार बोक्ने गरेको छ । जसको कारण दैनिक रुपमा दुर्घटना बढिरहेको भए पनि ओभरलोड बोक्ने टिपरलाई नियन्त्रण गर्न मकवानपुर प्रशासनको ध्यान जान सकेको देखिदैन ।

ओभर लोड बोक्ने टिफर निर्वाहत रुपमा सडकमा गुडिरहँदा अन्य यात्रुलाई यात्रा गर्न असहज भैरहेको समेत नागरिक स्तरबाट सामाजिक सञ्जालमा विरोध हुन थालेपछि रास्वपा आफै नियत्रणमा लागेको पार्टीका हेटौंडा नगर सल्लाहकार दामोदर दाहालले बताए ।

३० फागुणमा क्षमता भन्दा बढी भार बोक्ने टिपर नियन्त्रण गर्न भन्दै रास्वपाको टोलिले मकवानपुरका साहायक प्रमुख जिल्ला अधिकारीलाई भेटेर ध्यानाकर्षण समेत गराएका थिए । ध्याकर्षण गराउँदा समेत मकवानपुरमा टिपर आतंक नियन्त्रणमा आउन नसकेपछि पार्टी र स्थानीय प्रसासनको रोहवरमा त्यस्ता ओभरलोड बोक्ने टिपरलाई कारर्वाही गरिएको हो ।

मकवानपुगढी गाउँपालिका ८ स्थित खोटार खानी र कलवान खानीबाट शिवम् सिमेन्टको लागि क्षमता भन्दा बढी भार ल्याइएको करिब ७० टिपर नियन्त्रणमा लिइ ढुङ्गा अनलोड गरिएको रास्वपा र्यापीट एक्सनटीम मकवानपुर जिल्ला संयोजक राममणी न्यौपानेले बताए । प्रशासनले टिपर आतंक नियन्त्रण गर्न नसक्दा रास्वपा आफै जनताको ज्यान धनको सुरक्षमा लागेको उनको भनाई छ ।