तस्बिर: दिपेन्द्र पोख्रेल ।

मंगलवार, चैत ०७ गते ।

मकवानपुर । नेपाल विद्यार्थी संघ ‘नेबिसंघ’ काठमाडौं जिल्ला सभापती मनिष डङ्गोल र नेपाल तरुण दलका केन्द्रिय अध्यक्ष विद्वान गुरुङबीच भेटवार्ता भएको छ ।
भेटमा अध्यक्ष गुरुङले पार्टिको नर्सरीको रुपमा रहेको भातृ संगठन नेबिसंघको काठमाडौंको जिल्ला सभापतीमा मनोनित भएकोमा कार्यकाल सफलताको कामना व्यक्त गरेका छन् ।

साथै उपत्यकाको अधिकाध क्याम्पसहरुमा हालसालै सम्पन स्ववियु निर्वाचनमा नेबिसंघको झण्डा फहराउन महत्त्वपूर्ण भुमिका खेलेकोमा अध्यक्ष डङ्गोललाई तरुण दल अध्यक्ष गुरुङले खादा ओढाएर बधाई समेत दिएका छन् ।