शनिबार, चैत ११ गते ।

मकवानपुर । नेपाल तरुण दलका अध्यक्ष विद्धान गुरुङले तरुण दलमा आवद्ध भएका कुनै पनि सदस्यलाई पार्टी सभापतिविरुद्ध सामाजिक सञ्जालमा लेख्न छुट नभएको बताएका छन् । नेपाल तरुण दल काभ्रे जिल्ला कार्यसमितीद्वारा आयोजित भेलालाई सम्बोधन गर्दै अध्यक्ष गुरुङले यस्तो बताउनु भएको हो ।

साथै आगामी दिनमा कुनै पनि सदस्य अनुशासनमा नबसे पदीय जिम्मेवारीबाट हटाउने समेत चेतावनी दिए । भ्रष्टाचारवाला कमयुनिस्ट नेताको जिल्ला भनेर काभ्रेलाई सुनिएको उल्लेख गर्दै उनले यहाँका जनताले कृषिमा विशेष ध्यान दिन पर्ने बताए । ‘आज यहाँ उब्जेका तरकारीहरू काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा पुगेका छन्,’ अध्यक्ष गुरुङले भने, ‘यहाँ उब्जेको कृषिजन्य सामाग्री बजारमा फैलाउन तरुणहरु अग्रसर हुनपर्छ।’

त्यस्तै गुरुङले उक्त कार्यक्रम सफल गरेकोमा नेपाल तरुण दल काभ्रे जिल्ला कार्यसमिति र जिल्ला अध्यक्ष लगायतलाई धन्यवाद समेत दिए ।