मंगलबार, चैत १४ गते ।

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) राक्सिराङ्ग गाउँपालिका समितिको सभापतिमा राजन मल्ल चयन भएका छन् । राक्सिराङ्ग गाउँपालिकामा भएको रास्वपाको भेलाले मल्लको नेतृत्वमा गाउँ समिति चयन गरेको हो ।

त्यस्तै पालिका उपसभापतिमा कालिचरण कोईराला, सचीव रामकुमार सुनार, कोषाध्यक्षमा मनकुमारी प्रजा चयन भएका छन् भने पालिका सल्लाहकारमा राजकुमार शाही ठकुरीलाई चयन गरिएको छ ।

साथै उक्त कार्यक्रममा पार्टी जिल्ला संयोजक भरत पराजुली, बागमती प्रदेश प्रबक्ता उत्सव अर्याल, प्रदेश सदस्य विरेन्द्र थापा, सुनिता राई, जिल्ला सहसंयोजक प्रकाश गौतम, रास्वपा नेता टाकाराज थापा, नगर सभापति ध्रुर्वबहादुर बिष्ट, नगर सल्लाहकार दामोदर दाहाल, जिल्ला उपसभापति निजारज बर्तौला, जिल्ला सदस्य नवराज पौडेल लगायतको उपस्थिति रहेको थियो ।