सोमबार, भदौ १९ गते ।

मकवानपुर । चेपाङ जातिको महत्वपुर्ण पर्व न्वागी पर्वका अवसरमा राक्सिराङ्ग गाउँपालिकाले २ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । भदौ २१ र २२ गते गाउँपालिकाको सबै सरकारी निकाय र बिद्यालयहरुमा सार्वजनिक बिदा दिइएको एक सुचना जारी गर्दै जानकारी दिइएको छ । 

चेपाङ जातिको उल्लेख्य बसोबास रहेको यस गाउँपालिकाले न्वागी पर्व मान्न र यसको साँस्कृतिक महत्व जगेर्नाका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको हो । भदौ २२ गतेलाई चेपाङ समुदायले हरेक बर्ष न्वागी अर्थात चोनाम पर्वको रुपमा मनाउँदै आएका छन । 

साथै नेपाल चेपाङ संघले विविध कार्यक्रम र झाँकी आयोजना गरि पर्व मनाउँदै आएको छ । यसपटक धादिङ जिल्लाको बेनिघाट रोराङ गाउँपालिकामा एक बिशेष कार्यक्रमको आयोजना गरिएको नेपाल चेपाङ संघका केन्द्रिय अध्यक्ष गोविन्दराम चेपाङले बताए ।